पोखरा, माघ ११ –
चिसो बढेसँगै भुकम्प पिडितहरु थप समस्यामा परेका छन् । भुकम्पले घरमा क्षती पुरय़ाएसँगै ओढ्ने, ओछ्याउने देखी खाना पकाउने सबै सामान घरसँगै पुरीए । जसले गर्दा पालमा बस्दै आएका पिडितहरु चिसोको कारण कठ्याङ्ग्रीदो रात कटाउन बाध्य छन् ।
यस्तै समस्यालाई मध्यनजर गर्दै हिमाली बाल कल्याण संरक्षण मञ्च र चाइल्ड वेलफेयर एण्ड एजुकेशन पोखराले एक कार्यक्रमका बिच गोरखाका भुकम्प पिडितलाई न्यानो कपडा वितरण गरेका छन् । “हाम्रो अभियान भुकम्प प्रभावित सँगै सहयोगमा एक्यवद्धता” भन्ने मूल अभिप्रायका साथ गोरखा जिल्लाको सिम्जुङ, खरिबोट, हंशपुर र घ्याचोक गा.वि.समा न्यानो कपडा वितरण गरिएको हो । गाविस स्थित ३६० परिवारलाई बिहीबार जिल्ला बाल कल्याण समिति, कास्की र जिल्ला बाल कल्याण समिति, गोर्खासँगको समन्वयमा १–१ थान फाईबरको सिरक र २०० जना बालबालिकालाई २०० थान टोपी तथा २०० थान मोजा प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला बाल अधिकार अधिकृत गोर्खाका कमल श्रेष्ठले पोखराबाट सहयोग जुटाई गोर्खा पुगेका जिल्ला बाल कल्याण समिति कास्कीका बाल अधिकार अधिकृत बद्री प्रसाद वाग्ले र सहयोगी दुई संस्थालाई विशेष धन्यवाद दिए । चाइल्ड वेलफेयर एण्ड एजुकेशनका निर्देशक दिपक गुरुङ्गले जाडोले कठ्याङ्ग्रीएर बसेका परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको र सहकार्य गर्ने मौका हिमाली बाल कल्याण संरक्षण मञ्चले प्रदान गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चका निर्देशक टंक प्रसाद गुरुङ्गले यस्तो कार्यक्रमहरु आगामी दिनमा पनि जारी रहने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution