पोखरा, ११ माघ –
पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय स्तरको विमानस्थल बन्ने लगभग पक्का भए पछि यहाँ होटलहरुको सङख्यामा थपिदैछन । पछिल्लो क्रममा पोखराको हल्लनचोक लेकसाईडमा होटल पोखरा गुडविल प्रालिले २ सुईट रुम सहित ४३ रुम रहेको उक्त होटल संचालनमा ल्याउने अन्तिम तयारी गरेको हो ।
मध्यम बर्ग र गुणस्तरका गरी सबै प्रकारका पर्यटकहरुलाई लक्षित गरी आगामी दुई साता भित्रमा उक्त होटल संचालनमा ल्याउने अन्तिम तयारी भएको होटल संचालक मदन केसीले बताए । सुपर डिलक्स ६ र बाँकी ३५ रुम भने डिलक्स भएको केसीले जनाए । उनका अनुसार नेपालीलाइ ३ हजार देखि ५ हजारसम्मका रुमहरु उपलब्ध भएका छन भने विदेशीहरुको हकमा ४० डलर देखि १ सय ५० डलरसम्मका रुमहरु उपलब्ध भएका छन । जापान ४ र कोरीया ८ बर्ष होटल तथा रेष्टुरेण्ट एवं सामाजिक क्षेत्रमा काम गरेको अनुभव सम्हालेर स्वदेश फर्किएका केसीले विदेशमा आफुले सिकेको सिपलाई यहाँ प्रयोग गर्दै छन । कार्ड सिस्टमबाट ढोका खोल्ने, लिफ्ट, भूकम्प प्रतिरोधात्मक, फायरफाईटीङ, होटल भित्रै वार , रेष्टुरेण्ट, ट्राभल्स ट्रेकिङदेखि मनि चेन्जर, डिपार्टमेन्टल स्टोर्स लगायतको सेवा रहेको होटल संचालक केसीले दाबी गरे । ८० जना क्षमताको एक सभाहल २५ जना क्षेमताको अर्को सभाहल, ८० जना क्षेमताको रेष्टुरेण्ट रहेको उक्त होटलबाट फेवाताल, हिमश्रृखला र लेकसाईडको धेरै भागहरुको दृश्यावलोकन गर्न सकिने उनले बताए । भक्तपुरबाट ल्याइएको ईट्टा र कुधेर प्रयोग भएका काठको होटलमा प्रयोग हुनुले होटलको कलात्मक झल्किएको छ । पर्यटन व्यवसायी एवं खेलकुदकर्मी समेत रहेका केसीले देशको विषम परिस्थितीका बाबजुत संचालनमा आउन लागेको उक्त होटल नेपालमा आएको विनाशकारी भूकम्प, तराई मधेष आन्दोलन, भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीले गर्दा होटलको लागत मुल्यमा समेत बृद्धि हुन गएको बताए ।
होटल निमार्ण कार्य २० महिनामा सक्ने योजना भए पनि देशको अबस्थाले गर्दा करीब ३२ महिनामा सकिने भएको उनले बताए । पोखरामा यस्ता गुणस्तरका अझै पनि होटलहरुको आवश्यकता भएको बताएका केसीले पोखरा अन्तराष्ट्रिय शहरको रुपमा विकसित भएकोले पनि यहाँ धेरै होटलहरुको खाँचो भएको दाबी गरे ।
उनले देशको यो अबस्थामा पनि २५ जना कर्मचारीलाई रोजगार दिने भएका छन भने देशमा सहज हुन साथ कर्मचारी बृद्धि गर्ने उनले जनाए । २०४५ सालदेखि पर्यटन क्षेत्रमा हात हालेको केसीले लेकसाईडको क्याम्पीङ चौरलाई भाडामा लिएर पर्यटन क्षेत्रमा सुरुवात गरेका हुन । २ बर्ष पछि ट्राभल्स ट्रेकिङ हुदै होटल तथा रेष्टुरेण्ट समेत पोखरामा संचालन गरेका केसीले २०५५ सालमा जापान लागेका थिए । करीब ४ बर्ष जापानमा रेष्टुरेण्टको अनुभव सम्हालेर स्वदेश फर्किएका उनले करीब ८ बर्ष कोरीयामा रेष्टुरेण्ट व्यावसाय गरेका थिए । पोखराको पर्यटनको राम्रो सम्भावना देखेर आफु जन्मेको विश्वको आकषर्णको केन्द्र रहेको पोखरामा ठुलो लगानीमा उक्त होटलमा लगानी गरेको उनले जनाए ।
सानै देखि फुटवल खेलमा लागेका केसीले विदेशमा रहदा पनि खेलकुदको विकासमा आर्थिक सहित अन्य सहयोग गरेका कारणले गर्दा उनलाई विश्व तेक्वान्दो संघले सम्मान गर्नुको साथै सन २०१३ मा एसिएन तेक्वान्दो महासंघमा सल्लाहकारमा चयन भए । नेपाल आईस हक्की संघका केन्द्रीय उपाध्यक्ष, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य, अखिल नेपाल फुटवल संघका सल्लाहकार, फेवा मार्ग टोल सुधार समितिका अध्यक्ष, लायन्स क्लव अफ पोखरा लेक सिटिका द्धितीय उपाध्यक्ष, पोखरा बृद्धाश्रमका आजिवन सदस्य लगायतका विभिन्न संघ संस्थामा उनी आवद्ध रहेका छन । लगानीको वातावरण, बैंकीङ सिस्टम, कर्मचारीलाई तालिम, पर्यटन सम्बन्धि कलेज, अत्यावसेक सेवा खानेपानी, बिद्युत, यातयात लगायतका सेवालाई प्रभावकारी बनाउनु पर्ने उनको जोड छ । पोखराको पर्यटन प्रवद्र्धन गर्न पोखरा काठमाण्डौको सडक मार्गलाई फाष्टट्रयाक बाट ३ घण्टामै जान आउन सकिने व्यवस्था सहित अन्तराष्ट्रिय जहाज सिधै पोखरा आउने वातावरण सृजना गर्न सके पोखराको पर्यटन क्षेत्रमा कायापलट हुने केसीले दाबी गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution