जगदम्बा अटो मार्टमा अब टाटा गाडीको सोरुम

पोखरा, ११ माघ –

पोखराको जगदम्बा अटो मार्टले नेपालको आधिकारीक विक्रेता सिप्रदी प्रा.लि.संगको समन्वयमा गण्डकी तथा धौलागिरीकोे लागि टाटा कम्पनीका गाडीको बिक्रि वितरण सुरु गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस अघि असोका ले ल्याण्डका गाडीहरुको डिपो रहेको उक्त जगदम्बा अटो मार्टले हालै देखि टाटाका गाडीहरुको सोरुम स्थापना गरी गाडीहरुको विक्रि वितरण सुरु गरीएको जगदम्बा अटो मार्टका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए । भारतमा निमार्ण भएको टाटा कम्पनीको गाडीहरुको यस क्षेत्रमा राम्रो बजार देखेर उपभोक्ताहरुलाई छिटो छरीतो रुपमा सेवा दिने उद्धेश्यले उक्त सोरुम हालै संचालना ल्याएको अधिकारीले बताए । न्युनतम १० लाख देखि ३० लाख मुल्य बराबरका विभिन्न मोडलका पिकअफ भेन देखि ठुला ट्रक टिप्परसम्मका गाडीहरु पोखराबाट विक्रि वितरण सुरु भएको अधिकारीले बताए । उनका अनुसार टाटा कम्पनीका करीब ५० भन्दा बढी मोडलका साना देखि ठुलासम्म गाडीहरु बजारमा विक्रि वितरणको लागि ल्याएको अध्यक्ष अधिकारीले बताए ।

विश्वमै प्रख्यात चर्चीत ब्राण्ड आई.एस.ओ. मान्यता प्र्राप्त टाटा कम्पनीका गाडीहरुको नेपालमा धेरै माग भएकोले नेपाली भुगोल अनुसार धेरै क्षेत्रमा प्रयोग हुन सक्ने भएकोले उक्त कम्पनीका गाडीहरु पोखरा क्षेत्रमा धेरै माग भएको अधिकारीले बताए । जगदम्बा अटो मार्टले उपभोक्ताहरुको चहाना अनुसार विभिन्न मोडलका टाटा कम्पनीका थप गाडीहरु भित्राउने भएको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button