पोखरा, ११ माघ –
सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पोखरा–१, वगरको आयोजनामा सोमवार कसमस कलेजका विद्यार्थीहरुलाई ट्राफिक जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पोखरा–१, का संस्थापक अध्यक्ष सीता गुरुङले युवायुवतीहरुमाझ यस प्रकारको ट्राफिक सचेतना कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणमा सघाउने बताउनुभयो । कसमस कलेजका व्यवस्थापक तेज गुरुङले विद्यार्थीले सिकेका कुरा घरपरिवारमा गएर जानकारी गराउन आग्रह गर्नुभयो । सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पोखरा–१, का सचिव एवम् कार्यक्रम संयोजक गिरीप्रसाद गुरुङले संस्थाको गतिविधि र विद्यार्थीहरु जनीया पुन र वर्षात पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक सहायक निरिक्षक राजेन्द्र कार्कीले सडक दुर्घटना, सुरक्षा, नियम लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उच्च माविमा अध्ययनरत १ सय ३० जना छात्र छात्रा को कार्यक्रममा सहभागिता रहेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution