सामुदायीक सेवाको ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

पोखरा, ११ माघ –

सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पोखरा–१, वगरको आयोजनामा सोमवार कसमस कलेजका विद्यार्थीहरुलाई ट्राफिक जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो अवसरमा बोल्दै सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पोखरा–१, का संस्थापक अध्यक्ष सीता गुरुङले युवायुवतीहरुमाझ यस प्रकारको ट्राफिक सचेतना कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणमा सघाउने बताउनुभयो । कसमस कलेजका व्यवस्थापक तेज गुरुङले विद्यार्थीले सिकेका कुरा घरपरिवारमा गएर जानकारी गराउन आग्रह गर्नुभयो । सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पोखरा–१, का सचिव एवम् कार्यक्रम संयोजक गिरीप्रसाद गुरुङले संस्थाको गतिविधि र विद्यार्थीहरु जनीया पुन र वर्षात पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक सहायक निरिक्षक राजेन्द्र कार्कीले सडक दुर्घटना, सुरक्षा, नियम लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उच्च माविमा अध्ययनरत १ सय ३० जना छात्र छात्रा को कार्यक्रममा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button