पोखरा, १२ माघ –
पोखरामा खानेपानीको समस्या उत्पन्न भएको छ । २० ईन्चको पाईप काधरीखोलामा मर्मत गर्नु परेकोले केहि दिनको लागि पोखराको खानेपानीमा समस्या उत्पन्न हुने भएको हो ।
यो समस्या करीब ५ दिनसम्म हुने भएको छ । पोखरामा आपुर्ति हुदै आएको खानेपानीको करीब ७० प्रतिशत कम पानी आउने भएकोले केहि दिनको लागि पोखरामा पानीको समस्या हुने भएको नेपाल खानेपानी संस्थान पोखरा कार्यालयका प्राविधिक अधिकृत दिनेश्वर यादवले बताए । धेरै पुरानो सिस्टममा घर घरमा पाईप जडान गरेको कारणले गर्दा पोखरामा हाल प्राप्त भएको करीब ३० प्रतिशत जसो पानी सवै पोखरेलीहरुको घर घरसम्म पुग्न नसक्ने भएकोले पोखरामा केहि दिन खानेपानीको समस्या उत्पन्न हुने भएको हो ।
हिजो (सोमबार) देखि काधरीखोलामा पाईप मर्मत गर्न लागिएकोले आगामी ५ दिन भित्रमा पुर्ववत रुपमा पानी आउने गरी उक्त लिग भएको पाईप मर्मत गर्न लागिएको नेपाल खानेपानी संस्थान पोखरा कार्यालयका प्राविधिक अधिकृत यादवले बताए । उनका अनुसार पोखरामा हाल दैनिक जसो करीब ४ करोड लिटर पानेपानी खपत हुदै आएको छ । २० ईन्चको पाईप मर्मत हुदा २ करोड ५० लाख लिटर क्षेमताको उक्त पाईप हुदै पोखरा आउने पानी हाल अबरुद्ध हुदा पोखरामा दैनिक रुपमा खपत हुने गरेको पानी करीब ७० प्रतिशत कम आउने भएको यादवले बताए । हिउदको समयमा भने पोखरामा दैनिक जसो ३ करोड ५० लाख लिटर पानी आउने गरेको बताईन्छ ।
प्राविधिक अधिकृत यादवले भने “ पोखरामा केहि दिन पानीको अभाव हुन्छ, यसलाई हामीले सकभर आलोपालो सिस्टममा मिलाउने प्रयास गदैछौं, लिग भएको पाईप मर्मत गर्न हाम्रो सहित काधरीको टिमहरु समेत आई सकेकोले जति सक्दो छिटो पाईप मर्मत गर्नेछौं ।” मर्र्दिबाट आएको उक्त २० इन्चको पाईपमा हाल समस्या देखिए पनि १६ इन्चको पाईपबाट भने पानी आई रहेको यादवले जनाए । १६ ईन्चको पाईपबाट हाल करीब एक करोड ५० लाख लिटर पानी पोखरामा आउने गरेको छ ।
करिव ४ लाख जनसंख्या रहेको पोखरामा मुख्य स्रोतबाट पानी आपूर्ति बन्द भएपछि पानीको केहि दिन पोखरामा अभाव हुने भएकोले भएको पानीलाई सहि ढंगले प्रयोग गर्न यादवले आग्रह गरेका छन । विश्व बैंकको सहयोगमा २०४४ सालमा मर्दीबाट १६ ईन्चको पाईपमा पानी आपूर्ति भईरहेको थियो भने जापानको जाईकाको सहयोगमा दुई बर्ष अघिदेखि मर्दीबाट नै २० ईन्चको पाईपबाट पानी आपूर्ति भएको हो । पोखरामा पानी अभाव भएसंगै वोरीङहरुले खानेपानी वोक्न भ्याई नभ्याई हुन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution