विमा गरेको ११ दिनमा मृत्युदावीको रकम हस्तान्त्रण

लेखनाथ, १२ माघ –

कास्कीको कृस्ती नाच्ने चौर गाविस बडा न ७ हालको पोखरा उप महानगर पालिका वडा नं २४ बस्ने झलक बहादुर थापाको बिमा गरेको ११ दिनमा मृत्यु भएपछि उनको परिवारले मृत्युदावीको रकम प्राप्त गरेका छन्।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

थापाले एल आई सि नेपालको पोखरा साखामा कार्यरत अभिकर्ता राजकुमारी खड्कासंग विमा गरेको ११ दिनमा अचानक हिर्दयखात भई मृत्यु भएपछि उनको परिवारलाई एल आई सि नेपालद्धारा दुई लाख १२ हजार दुई सय रुपियाँको चेक प्रदान गरिएको हो ।

थापाले दुई लाखको बिमा गराएका थिए भने उनले पहिलो किस्ताको रकम रु १४ हजार रकम मात्र बुझाएक थिए । मृत्युदावीको रकम एल आई सी नेपालका एजेन्सी मेनेजर कदारनाथ अधिकारीले थापाकी श्रीमती विष्णु थापालाई चेक हस्तान्त्रण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button