लेखनाथ, १२ माघ –
कास्कीको कृस्ती नाच्ने चौर गाविस बडा न ७ हालको पोखरा उप महानगर पालिका वडा नं २४ बस्ने झलक बहादुर थापाको बिमा गरेको ११ दिनमा मृत्यु भएपछि उनको परिवारले मृत्युदावीको रकम प्राप्त गरेका छन्।
थापाले एल आई सि नेपालको पोखरा साखामा कार्यरत अभिकर्ता राजकुमारी खड्कासंग विमा गरेको ११ दिनमा अचानक हिर्दयखात भई मृत्यु भएपछि उनको परिवारलाई एल आई सि नेपालद्धारा दुई लाख १२ हजार दुई सय रुपियाँको चेक प्रदान गरिएको हो ।
थापाले दुई लाखको बिमा गराएका थिए भने उनले पहिलो किस्ताको रकम रु १४ हजार रकम मात्र बुझाएक थिए । मृत्युदावीको रकम एल आई सी नेपालका एजेन्सी मेनेजर कदारनाथ अधिकारीले थापाकी श्रीमती विष्णु थापालाई चेक हस्तान्त्रण गरेका हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution