लामाचौर क्षेत्रमा चोरको विगविगी

  • पोखरा न्यूज
  • २०७२ माघ १२
लामाचौर क्षेत्रमा चोरको विगविगी

पोखरा, १२ माघ –

पोखराको लामाचौर तथा गैराबारी क्षेत्रमा पछिल्लो समय चोरको विगविगी बढेको छ । लामाचौर र बाटुलेचौर क्षेत्रमा प्रहरीले नियमित रुपमा गस्ती गरेपनि पोखरा १६ का भित्रि क्षेत्रमा भने चोरको विगविगी बढेको हो ।

चोरहरुको एक समुहले आईतबार राती लामाचौर, गैराबारी, मध्यमपथमा गरी ५ वटा पसलमा चोरी गरेका छन् । गैराबारी स्थित रविन पौडेलको किराना पसलमा चोरहरुले सटर फोडेर पसलमा रहेका खाद्य तथा मिठाई, चाउचाउ र जुस लगेका छन् ।

त्यस्तै कमल अधिकारीको पसलबाट विक्रिमा राखिएका पेय पदार्थ चोरी गरेको सञ्चालक अधिकारीले जानकारी दिनुभयो । पौडेलका अनुसार पसलबाट करिब ५ हजार रुपैँया बराबरको सामाग्री चोरी भएको छ ।

त्यस्तै गैराबारी मै रहेको कमला स्टोर्सबाट खाद्य र फलफुल, मध्यम पथमा रहेको पसलमा चोरहरुले सटर फोडेको पौडेलले जानकारी दिनुभयो । मध्यरातमा सबै सुतेको अवस्थामा सामान चोरी भएको हो । घटनाका बारेमा पसल सञ्चालकहरुले स्थानिय प्रहरी चौकी र सि.आर.भि प्रहरीलाई जानकारी गराएका छन् । स्थानिय सबिन जि.सीले पछिल्लो समय लामाचौर क्षेत्रमा चोरको विगविगी बढेको बताउँदै प्रहरी प्रशासनले थप सक्रियता बढाउनुपर्ने बताउनुभयो ।

सि.आर.भि प्रहरी लामाचौरका प्रमुख सन्तबहादुर बरामीले केही पसलमा चोरी भएको बताउँदै चोरहरुको खोजीकार्य भैरहेको जानकारी दिनुभयो । चोरी सामान्य भएता पनि खोजी कार्यका लागि सिभिलमा प्रहरी खटाइएको बताउनुभयो । वडा प्रहरी कार्यालय बगरका प्रमुख मोहन खाँडले चोरीमा संलग्नलाई पक्राउ गर्न स्थानिय सि.आर.भि लाई निर्देशन दिएको बताउनुभयो । चोरीका घटना बढेपछि स्थानिय क्षेत्रका वासिन्दाले शान्ति सुरक्षा खस्किएको भन्दै गुनासो गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस