पोखरा सहित कास्कीमा भोलि डिजल वितरण हुने – विवरण सहित

  • पोखरा न्यूज
  • २०७२ माघ १२
पोखरा सहित कास्कीमा भोलि डिजल वितरण हुने – विवरण सहित

पोखरा, १२ माघ –

पोखरा सहित कास्कीमा भोलि डिजल वितरण हुने भएको छ । कास्की क्षेत्रका ३३ ओटा पेट्रोल पम्पहरुबाट पर्सि १ लाख ८८ हजार लिटर र ३००० हजार लिटर पेट्रोल वितरण हुने भएको छ।

तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ७ हजार ५ सय, लामा दुरीका ठुलो ट्रकलाई ७ हजार ५ सय , ग्रामिण रुटमा चल्ने बसलाई ३ हजार ५ सय , मिनि वसलाई ३ हजार , हायस माईक्रोलाई ३ हजार, नगरबस-वेगनास बसलाई ३ हजार ५ सय, मिनि, मझौला र लोकल ट्रकहरुलाई २ हजार ५ सय, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार , ठूलो ट्याक्टरहरुलाई १ हजार  , साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ५ हजार ५ सय, पर्यटन साना सवारीहरुलाइ २ हजार, खुद्रा माल ढुवानी गाडीहरुलाई १ हजार ५ सयका दरले डिजेल उपलब्ध गराईनेछ ।

                                                             भोलिको लागि डिजल वितरण हुने पम्प र स्थानहरु –

diesel1

diesel 2

diesel 3
निर्णय नं.२ उपरोक्त पेट्रोल पम्पहरुबाट निम्न वमोजिमको डिजेल उपलब्ध गराउने ।
क. लामो दुरीको ठुलो ट्रक, वस– रु. ७५००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने ठूलो बस – रु.३५००।– बराबरको
घ. मिनि वस – रु. ३०००।– बराबरको
ङ. हायस बस – रु. ३०००।– बराबरको
च. नगरबस÷वेगनास बस – रु. ३५००।– बराबरको
छ. मिनि, मझौला र लोकल ट्रकहरु – रु.२५००।– बराबरको
ज. अन्य निजी डिजेल कार, जिपहरु – रु. २०००।– बराबरको
झ. ठूलो ट्याक्टरहरु – रु.१०००।– बराबरको
ञ. साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ट. पर्यटन ठूला बसहरु रु.५५००।– बराबरको
ठ. पर्यटन साना सवारीहरु रु.२०००।– बराबरको
ड. खुद्रा माल ढुवानी गाडीहरु रु.१५००।– बराबरको
निर्णय नं.३ः उपरोक्तानुसारको वितरण हुने १८८ के.एल. डिजेल र ३ के.एल. पेट्रोल नेपाल आयल निगम गगनगौडाले मिति २०७२।१०।१२ गते साझ सम्ममा सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
निर्णय नं.४ः कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।

(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य

(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस