
पोखरा, १२ माघ –
बंगलादेशको पाहुना टोली गजिर चाट स्पोटीङ क्लव रमपम झापा ११ संग पराजित भएसंगै पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपमा सहभागि तीनै विदेशी टिमको विदाई भएको छ । यस अघि भारतको युनाईटेड सिक्किम र भारतकै गोर्खा बिग्रेड टिम प्रतियोगिताबाट बाहिरिएका हुन।
सहारा क्लवको आयोजना सहारा एकेडेमिको सहयोगार्थ पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बंगलादेशको पाहुना टोली गजिर चाट स्पोटीङ क्लवलाई झापा ११ ले ४–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। झापाको जितमा म्यान अफ दी म्याच घोषित कर्ण लिम्बुले दुई, गणेश खड्का र नरेन्द्रमणि लिम्बुले एक एक गोलको योगदान दिए । खेलको ६ औं मिनेटमा कर्ण लिम्बुले रिवाण्ड भएको वललाई पेनाल्टी यरीया नजिकैबाट पोष्टमा दिशा दिदा वलले जाली चुमेको थियो ।

खेलको १५ औं मिनेटमा विपक्षि गोलरक्षक मासमले क्लीयर गर्न नसकेको वललाई गणेश खड्काले गोल गरी जित सुनिस्चित पारे । खेलको २८ औं मिनेटमा गाणेश खड्काले दिएको पास वललाई नरेन्द्रमणि लिम्बुले गोल गरी गोल अन्तर फराकिलो पारे । पहिलो हापमा ३–० ले पछि परेको गजिर चाट स्पोटीङ क्लव दोश्रो हापको २ मिनेटमै गोल गर्न सफल भयो । खेलको ४७ औं मिनेटमा डिवक्स भित्र पाएको वललाई मनिकले हेड मार्फत एक शान्त्वना गोल गरेका हुन । खेलको ७४ औं मिनेटमा पुनः अर्को गोल थपी झापा ११ का कर्ण लिम्बुले आफ्नो व्यक्तिगत खातामा ३ गोल दतर्था गरेका छन । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको दाबेदारीको रुपमा उनले प्रस्तुत गरेका छन । खेलको ११ औं मिनेटमा गजिर चाटका रासेलले डि–वक्स भित्र पाएको वल पोष्ट चार्ज गर्दा फष्ट वार हुदै बाहिरिनु कम व्याक हुने अबस्था गुमाएको थियो । पहिलो हामपा दबाबमा परेको गजिर चाट दोश्रो हापमा केहि राम्रो खेल प्रर्दशन गरे पनि गोल गर्ने आवसर जुटाउन नसक्दा अन्तत आहा रारामा पहिलो पटक सहभागि भएको प्रतियोगिताको क्वाटरफाईनलमा पहिलो खेलबाटै बाहिरीनु पर्यो । पाहुना टोलीले एक पछि अर्को लगातार तीन गोल खाएसंगै केहि दर्शकहरु रंगशालाबाट आफ्नो गन्तव्यमा लागेको देखिन्थ्यो ।
गजिर चाटका प्रशिक्षक अनमुलले आफुहरुले धेरै क्लवका खेलाडीहरु हतार हतारमा बटुलेर आएको कारणले गर्दा उत्कृष्ट खेल प्रर्दशन गर्न नसकेको बताए । अभ्यास खेल समेत खेल्न नपाएको भएर पनि आफुहरुको टिमको राम्रो तालमेल मिल्न नसकेको उनले प्रतिकृया दिए । झापा ११ का प्रशिक्षक भगिरथ आले मामाले विपक्षि टिमको खेलको रणनिति बुझेर आफुहरुले राम्रो खेल प्रर्दशन गर्दा जित सहज भएको दाबी गरे । उनले अर्को सेमिफाईनलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी बिरुद्धको खेलमा फाईनल खेलको रुपमा जोडतोडका साथ मैदानमा उत्र्रिने दाबी गरे ।
भोलि बुधबार पहिलो सेमिफाईनल खेलमा आयोजक सहारा क्लव बिरुद्ध विभागिय टोली त्रिभुवन आर्मी क्लव बिच खेल दिउसो २ बजे पछि हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए । सहाराले नव जनजाग्रिती युथा क्लव र पाहुना टोली भारतको युनाईटेड सिक्कीमलाई पन्छाउदै सेमिफाइनलमा यात्रा बनाएको हो । आर्मीले भने जाउलाखेल युथ क्लव र क्वाटरफाईनलमा डिफेण्डीङ च्याम्पीएन तथा लिग विजेता रुस्लान थ्रि–स्टार क्लवलाई पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो । हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको छ ।





