पोखरा, १२ माघ –
मित्र राष्ट भारतमा आयोजनाहुने १२ औं साग मा खेल्न जाने ह्याण्डवल खेलाडी तथा प्रशिक्षकहरुलाई मंगलवार पोखरामा शुभकामना प्रदान गरि हौसला प्रदान गरिएको छ ।
नेपाल ह्याण्डवल संघको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा गैर आवासिय यूके का अध्यक्ष मुछेत्र गुरुङ्ग ले कार्यक्रममा खेलाडीहरु हौसला अभिवृद्धी गर्न नगद १० हजार प्रदान गर्नुभयो । उहाँले सो अवसरमा नेपाली खेलाडीहरुलाई हौसाला प्रदान गर्न एनआरएन युकेले नेपाल आलोम्पिक कमिटी संग सहकार्य गरेको जानकारी दिनुभयो । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समिती र कास्की जिल्ला खेलकुद विकास समितीले शंयुक्त स्पमा १५ हजार, एनआरएन युकेका सल्लाहाकार महेश गुरुङ्गले १० हजार, तमु धि युकेका संस्थापक अध्यक्ष मिन गुरुङ्गले १० हजार, नेपाल भुतपुर्व खेलाडी मंचले १० हजार, ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी ज्वाला थापाले १० हजार प्रदान गर्नुभयो ।
यसै गरिवेलाएतमा रहनुभएका एनआरएन .युकेका पुर्व अध्यक्ष सुर्य गुरुङ्ग, भलिवलका पूर्व राष्टिय खेलाडी एव प्रशिक्षक मञ्जु गुरुङ्ग, ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी कमला गुरुङ्ग र ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडीले ह्याण्डवल खेलाडीको मनोवल उच्च राख्न वेलाएत वाट सहयोग स्वस्प पठाएको खेलाडी पोशाक कार्यक्रममा वितरण गरिएको थियो ।
कार्यक्रमा वोल्दै ह्याण्डवल संघका अध्यक्ष तथा नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले १२ हौ सागमा ह्याण्डवल तर्फ मेडल प्राप्त गर्नेमा संघ आसावादी रहेको उल्लेख गर्दै सोही अनुरुप खेलाडीहरुको नियमित प्रशिक्षण उत्कृष्ट रुपमा भइरहेको वताउनुभयो । कार्यक्रममा संघका सचिव केशव पाठक, पश्चिमाञ्चल खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष यम गुरुङ्ग फ्रेन्च प्रशिक्षक लाउरेन्ट वाउडेट लगाएतले वोल्नुभएको थियो ।
१२ औ साग तयारीका लागि नेपालको महिला तथा पुरुष टिम पुष २१ गते देखि पोखरामा वन्द प्रशिक्षणमा रहेका छन । टिमलाई फ्रेन्च प्रशिक्षक लाउरेन्ट वाउडेट, प्रमुख प्रशिक्षक अरुणलाल कर्ण, वरिष्ठ प्रशिक्षक हिमाल दाहाल, प्रशिक्षक पर्वत गुरुङ्ग र प्रशिक्षक विन्दा कुमारी महाराजीले प्रशिक्षण गराइरहनुभएको छ । सागमा फ्रेवुअरी १२मा हुने ह्याण्डवल खेलका लागि फ्रेवुअरी ८ तारिखमा त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution