पोखरा, १२ माघ –
पोखरा म्याराथनलाई सफल दुधले साथ दिने भएको छ । पोखरा म्याराथनलाई लक्ष्मी ग्रुप अन्र्तगतको सुजल डेरिको उत्पादन सफल दुधले साथ दिदै तीन बर्षको लागि पहिलो चरणमा प्रायोजन गर्ने भए पछि पोखरा म्याराथनले सफल दधले साथ पाउने भएको हो ।
करीब ५ बर्ष जसो पोखरामा प्रायोजकको अभावमा संचालन हुन नसकेको पोखरा म्याराथन सफल दुधले साथ दिए पछि पुनः संचालन हुने भएको हो। मुख्य प्रायोजकको अभावमा हुन नसकेको पोखरा म्याराथनलाई सफल दुधले १० लाख बराबरको सहयोग गर्ने भएको हो ।
खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले पोखरामा ‘सफल अन्र्तराष्ट्रिय पोखरा म्याराथन’ दौड प्रतियोगिताको नामबाट आउदो फागुन २२ गते संचालन हुने भएको भूतपूर्व खेलाडी मञ्च नेपालले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । नवौं पटकसम्म अर्थात २०६७ सालदेखी स्थगित उक्त प्रतियोगिता सफल दुधको साथले यस वर्षदेखी पुनः आयोजना गरिने भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष खड्ग रानाभाटले बताए । प्रतियोगितामा म्याराथन ४२.१९५ किलोमिटर दौडसहित विद्यालय स्तरीय छात्र-छात्रा ५ किलोमिटर दौड प्रतियोगिता र ह्विल चियर महिला-पुरुष दौड समावेश गरिने उनले बताए ।
म्याराथनमा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतीय हुनेलाई २५ हजार र चौथो हुनेलाई ४ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, विद्यालय स्तरीय ५ किलोमिटर छात्र-छात्रा दौड प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार तथा ह्विल चियर महिला-पुरुष दौडमा प्रथम हुनेलाई ३ हजार, द्वितीयलाई २ हजार र तृतीय हुनेलाई १ हजार प्रदान गरिने जनाइएको छ ।
आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट र सुजल डेरीका कार्यकारी प्रमुख सुनिल श्रेष्ठले ३ बर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर समेत गरे । सम्झौतामा हरेक वर्ष सफल डेरीले भूतपूर्व खेलाडी मञ्चलाई १० लाख बराबरको सहयोग गर्ने भएको छ । जसअनुसार ७ लाख प्रचारप्रसारका लागि खर्चिने र ३ लाख रुपैयाँ मञ्चलाई नगद दिने भएको मञ्चले जनाएको छ । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुदको महत्व बारे जनचेतना अभिबृद्धि गर्दै समाजमा खेल संस्कृतिको विकास गराउने उद्धेश्य अनुरुप प्रतियोगितालाई निरन्तरता दिन लागेको जनाए । सुजल डेरीका कार्यकारी प्रमुख सुनिल श्रेष्ठले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य हुने बताउँदै खेलकुदका लागि खेलाडीलाई दुध आवश्यक पर्ने भएकाले आफूहरुले सहकार्य गरेको उल्लेख गरे । राम्रो हुदै गएको खण्डामा पुनः केहि बर्ष थप गरीने उनले वचन दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution