माघ १३,पोखरा-
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले गोरखाको विकट गाउँ स्वाँरपानीमा न्यानो लुगा वितरण गरेको छ । रान्चोक–८ स्थित दुर्गा माविको प्राङ्गणमा आयोजित एक समारोहका विच रेवान पोखराका प्रतिधिनीहरुले सो क्षेत्रका भुकम्प प्रभावित गाउँलेहरुलाई २ सय २५ थान कम्मल वितरण गरेका हुन् । ०७२ बैशाख १२ मा आएको महाभुकम्पमा परि सो गाउँमा १९ जनाले ज्यान गुमाएका थिए भने २ सय बढि घर भत्किएक थिए ।
करिब ४ लाख रुपैयाँको कम्मल हस्तान्तरण समारोहमा रेवान पोखराका सदस्य एवं १७ औं पोखरा सडक महोत्सवका संयोजक दोर्जे लामाले रेवान र यसका गतिविधीका बारेमा जानकारी दिएका थिए । साथै राहत संकलनमा सहयोग गर्ने सहयोगीहरुलाई पनि उनले संस्था र आफ्नों व्यक्तिगत तर्पmबाट धन्यावाद ज्ञापन गरे । सहयोग कार्यमा रेवान पोखराले ३ लाख १५ हजार, पर्यटन व्यवसायि बिप्लव पौडेलले २५ हजार, दोर्जे लामा स्वयंले २५ हजार, रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले १५ हजार,कास्की जिल्ला टेनिस संघले १५ हजार, विदेशी सनसन र एलेक्सले १० हजार तथा भिम थापाले ५ हजार आर्थिक सहयोग गरेको लामाले जानकारी दिए । सोही समारोहमा निर्माणाधिन अवस्थामा रहेको दुर्गा माविको भवन निर्माण सहयोगार्थ रेवान पोखराको तर्पmबाट नगद १५ हजार र दोर्जे लामाले व्यक्तिगत तर्फबाट ७ हजार आर्थिक सहयोग पनि प्रदान गरे ।
सहयोग हस्तान्तरण कार्यक्रमको चाँजोपाँजो विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष भिम गुरुङ्गले मिलाएका थिए । कार्यक्रममा बोल्दै उनले रेवानको यो सहयोग गाउँलेहरुका लागि ठूलो राहत भएको जनाए । ‘एक साता अघिमात्रै यहाँ हिउँ परेको थियो, चिसो रात कटाउन हामीलाई निकै गाह्रो छ’–उनले भने । सरकारी सहयोगको आशा गर्दागर्दै जाडो कट्न लागेका बेला यस्तै सहयोगी संस्थाहरुको सहयोग गाउँलेहरुका लागि जिवनदान सरह हुने उनले औल्याए । ‘सहयोगले हामीलाई ठूलौ सहानुभुति प्राप्त भएको छ’–उनले भने ।
रेवान पोखराका महासचिव लक्ष्मण बरालले पोखराबाट ६ घण्टाको सवारी तथा ४ घण्टाको पैदलपछि त्यहाँ पुग्दा पाएको आतिथ्यताले सम्पूर्ण दुःख भुलाइदिएको बताए । साथै एक नेपाली पिडामा पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने भावना सबैमा आउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा वडा नम्बर ८ का संयोजक बुद्धराम गुरुङ्गले धन्यवाद ज्ञापन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution