ल्वाङघलेलका कृषकले खोले बिक्रि केन्द्र

  • पोखरा न्यूज
  • २०७२ माघ १३
Post Thumbnail

पोखरा, १३ माघ –

ल्वाङघलेल गाविसका अगुवा कृषकहरू संगठित संस्था मर्दिखोला कृषि तथा पशुपालन समूहले पोखरामा बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ ।

गाउँमा उत्पादित कृषिजन्य पदार्थले उचित बजार भाउ नपाएपछि पोखराको मुख्य बजार सिर्जनाचोकस्थित सिर्जना मिनीमार्केटमा बिक्रि केन्द्र स्थापना गरिएको समूहका अध्यक्ष हरिकृष्ण पौडेलले बताए । ‘बजारको माग अनुसार कृषिजन्य पदार्थको बिक्रि कक्ष बिस्तार गर्दै लैजाने समूहको योजना रहेको छ,’ उनले भने । बिक्रि केन्द्रमा दूध र मौसमी तथा बेमौसमी तरकारी उपलब्ध छन् ।

बिक्रि केन्द्रको शुभारम्भ गर्दै जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ बाली विकास अधिकृत रमेशप्रसाद कोइरालाले विषादी मुक्त कृषि उत्पादनमा जोड दिए । उनले केन्द्रबाट उपभोक्तालाई गुणस्तरीय तरकारी उपलब्ध हुने विश्वास पनि व्यक्त गर्दै कृषि विकास कार्यालयबाट उपलब्ध हुन सक्ने सम्पूर्ण सहयोग गर्ने बचन दिए । जिल्ला पशु कार्यालय कास्कीका फडिन्द्रराज ढकालले बिक्रि केन्द्रको स्थापनाले बिचौलीया प्रथाको अन्त्य हुने कृषकलाई राहत हुने बताए । उनले कृषि प्रविधिमा आधुनिकीकरणका लागि कार्यालयबाट हुन सक्ने सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए । पोखरा क्यानोनिङका सञ्चालक रामबहादुर गुरुङले बिक्रि केन्द्रको स्थापनाले कृषक र बजारबीचको दुरी अन्त्य भएको र त्यसबाट कृषकहरुले अधिकतम फाइदा लिन सक्ने बताए ।

मर्दिखोला कृषि तथा पशुपालन समूहका अध्यक्ष हरिकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ल्वाङघलेल गाविसका सचिव टीकाराम आर्चाय, अगुवा कृषक खडानन्द शर्मा, समूहका सचिव कृष्ण दाहाल लगायतले कृषिजन्य उत्पादन र बिक्रि केन्द्र स्थापनाका चुनौति र अवसरबारे प्रकाश पारेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस