पोखरा, १३ माघ –
पोखराको मासबारस्थित स्टेप वाई स्टेप उच्च मा.वि. ले कक्षा नर्सरी देखि कक्षा दुई सम्मका विद्यार्थीहरूबीच विभिन्न खेलहरू सञ्चालन गरी खेलकुद प्रतियोगिताको सम्पन्न गरेको छ । कक्षागत रुपमा खेलाइएको उक्त प्रतियोगितामा चलकेट दौड, बिस्कुट दौड, बेलुन फुटाई, तातो आलु जस्ता खेलहरू संचालन गरिएका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले खेल शिक्षक बिमल गुरुङलाई खेलकुदका साम्रगीहरू हस्तान्तरण गर्दै उक्त खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रिन्सिपल बरालले उद्घाटन भाषणमा विद्यार्थीहरूको चौतर्फी विकासको लागि खेलकुदको महत्त्व बारेमा प्रकाश पार्नुभएको थियो । दुई दिवसीय रुपमा संचालन गर्न लागिएको उक्त प्रतियोगितामा पहिलो दिन मंगलबार नर्सरी, एल्.के.जी. र यू.के.जी. सम्मका खेलहरू खेलाइएको थियो भने कक्षा एक र दुईका विद्यार्थीहरूका खेलहरू बुधबार संचालन भएका थिए ।
कक्षा १ ‘ए’ का विद्यार्थीबिच खेलाइएको ‘तातो आलु’ खेलमा छात्रातर्फ निकिता दाहाल, विद्या रानाभाट, कोहिनुर भण्डारी, क्रमश – प्रथम, द्वितीय र तृतीय भएका थिए भने छात्र तर्फ सन्देश बुढा, चिराग कटुवाल र प्रकाश सुनार क्रमश – प्रथम, द्वितीय र तृतीय भएका छन् । त्यस्तै कक्षा १ ‘बी’ छात्राबाट दिब्याङ्का पोख्रेल, प्रथम, स्नेहा गुरुङ द्वितीय, वर्षा सापकोटा तृतीय भएका छन् भने छात्रतर्फ उत्सव शर्मा प्रथम, प्रज्वल भण्डारी द्वितीय र युगल किशोर अधिकारी तृतीय हुन सफल भएका छन् ।
कक्षा २ ‘ए’ का विद्यार्थीबिच खेलाइएको ‘चम्चा दौड’ खेलमा छात्रातर्फ आशा बाल, दिपीका थापा, दिव्या पौडेल क्रमश – प्रथम, द्वितीय र तृतीय भएका थिए भने छात्र तर्फ सम्भव रिजाल, अगस्त्य बस्याल, सिजन भण्डारी क्रमश – प्रथम, द्वितीय र तृतीय भएका छन्। त्यस्तै कक्षा २ ‘बी’ छात्राबाट रश्मि गौतम प्रथम, तनिशा रौनियार द्वितीय, आयु पाठक तृतीय भएका छन् भने छात्रतर्फ अनुप गिरी प्रथम, सुशान्त अधिकारी द्वितीय तथा विशेष सुनार र उमित गुरुङ तृतीय हुन सफल भएका छन् ।
प्रतियोगितामा विद्यालयका खेल शिक्षक विमल गुरुङ र शिक्षक वम बहादुर थापाले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । निकै अनुशासित, मर्यादित र मनोरञ्जनात्मक रुपमा संचालित खेलहरूका बिजेता विद्यार्थीहरूलाई आगामी पुरस्कार वितरण समारोहमा पुरस्कृत गरिने कुरा समेत विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेले जनाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution