गुरुङ सँस्कारमा आधारित फिल्म ‘तिमि नभए’ बन्ने

पोखरा, १३ माघ –

गुरुङ सँस्कारमा आधारित नेपाली कथानक फिल्म ‘तिमि नभए’ बन्ने भएको छ । हंग्री आई फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने यो फिल्मको बुधबार पोखरामा शुभ मुर्हत भएको छ । केहि दिनमै सुटिङ फ्लोरमा जाने फिल्मलाई नौजंग गुरुङले निर्देशन गर्दैछन् ।

गाऊँबाट शहर झरेर बस्ने सँस्कृतिले पछिल्लो समय परिवारमा कस्ता खाले समस्या दिएको छ ? भन्ने कुरालाई फिल्मले आफ्नो कथासार बनाएको शुभमुर्हतको क्रममा जानकारी दिईयो । परिवारमा साना कुराले ल्याउने ठुलाठुला समस्याको विषयमा फिल्मले बोल्ने निर्देशक तथा लेखक नौजंग गुरुङले जानकारी दिए ।

gurung film 2

बुधबार भएको शुभ मुर्हत कार्यक्रम अन्तरगत गुरुङ फिल्म एशोसिसन नेपालका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले नरिवल फुटाएर शुभ मुर्हत गरेका थिए । सोहि क्रममा फिल्मका कलाकारहरुले मुर्हत शट समेत दिएका थिए ।

हंग्री आई फिल्म प्रोडक्शनको दोस्रो प्रस्तुतीको रुपमा छायाँकन हुन लागेको फिल्ममा सोम गुरुङ, अनुता गुरुङ, सबिना गुरु, गौरी गुरुङ लगाएको अभिनय रहने निर्माणपक्षले जनाएको छ । फिल्ममा बालकलाकारद्वय युगजंग गुरुङ र युविनजंग गुरुङको विशेष भुमिका हुने निर्माणपक्षले जनाएको छ । बुवाआमाबीच सम्बन्धमा समस्या आउँदा बालबालिकाहरुले कस्तो दुख पाउँछन् ? भन्ने कुरा फिल्ममा यी दुई बालकहरुमार्फत देखाईनेछ ।

मास्टर गणेशबहादुर गुरुङ, प्रताप गुरुङ, राहुल गुरुङ, डम्बर गुरुङ, अनु गुरुङ र रबिन गुरुङको सँयुक्त लगानीमा निर्माण हुने फिल्मलाई सन्तोष कोन्मेले खिच्नेछन् । सामिप्य तिमिल्सिनाको पटकथा र संवाद रहेको फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् । मन क्षेत्री र संगीतकार सापकोटा आफैले यो फिल्मका लागि गीत लेखेका छन् । कास्कीकै पहिलो होमस्टे गाऊँ काभ्रेसँगै पोखरा आसपास र मनाङमा समेत फिल्मको छायाँकन हुने निर्माणपक्षले जनाएको छ । यो फिल्मको निर्माण लागत १५ लाख रुपैयाँ लाग्ने निर्माणपक्षको अनुमान छ ।

बुधबार भएको शुभमुर्हत कार्यक्रम अन्तरतग जिफानका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’, जिफानकै सँस्थापक अध्यक्ष माओत्से गुरुङ, आदिबासी जनजाति पत्रकार संघका अध्यक्ष हुम तमु, चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिक लगाएतले फिल्मको सफलताको लागि शुभकामना दिएका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button