विग आइकनमा उत्कृष्ट ९

  • पोखरा न्यूज
  • २०७२ माघ १३
विग आइकनमा उत्कृष्ट ९

पोखरा, १३ माघ –

उत्कृष्ट १० प्रतिस्पर्धीमध्येका एक प्रदिप सुनाम बाहिरिएपछि जारी विग आइकनमा ९ जना मात्रै प्रतिस्पर्धी बचेका छन् । बुधबार भएको ‘एलिमिनेसन राउण्ड’मा प्रदिप बाहिरिएका हुन् । बाँकी ९ जना प्रतिस्पर्धीले बुधबार नै उत्कृष्ट ८ राउण्डका लागि प्रस्तुती दिएका छन् ।

प्रतियोगिताबाट बाहिरिँदै गर्दा पुम्दीभुम्दीका प्रदिपले विग आईकनबाट आफुले धेरै ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिए । ‘एक हिसाबले म केहि दुखि छु, कारण म प्रतियोगिताबाट बाहिरिँए तर म बढि खुशि विग एफएमको दिएको यस्तो खाले मञ्चप्रति छु । किनभने यहि मञ्चले आज मलाई यहाँ सम्म लिई पुरयाएको हो ।’ प्रदिपले भने । त्यस्तै उत्कृष्ट ९ प्रतिस्पर्धीलाई उनले सफलताको शुभकामना समेत दिए ।

big icon 2

प्रदिप सुनाम बाहिरिएसँगै प्रतियोगितामा प्रमिला बराल, अनु गुरुङ, अम्बिका पुन, कमल केसी, ममता गुरुङ, साजन आले, अदिति शर्मा, सृष्टि गुरुङ र सौगात गुरुङ रहेका छन् । उत्कृष्ट ९ प्रतिस्पर्धीहरुमध्ये शनिबार हुने अर्को राउण्डको अडिसनमा एक जना बाहिरिनेछन् । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ ।

प्रमिला बराललाई भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गई BIG space PB , अनु गुरुङलाई भोट गर्न BIG space AG, अम्बिका पुनलाई भोट गर्न BIG space AP, कमल केसीलाई भोट गर्न BIG space KK, ममता गुरुङलाई भोट गर्न BIG pace MG, साजन आलेलाई भोट गर्न BIG space SA, अदिति शर्मालाई भोट गर्न BIG space AS, सृष्टि गुरुङलाई भोट गर्न BIG space SH र सौगात गुरुङलाई भोट गर्न BIG space SG टाईप गरि ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ ।

एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस