वित्तीय साक्षरता एवम् सेवा विस्तार अभियान सम्पन्न

पर्वत, १३ माघ –

नेष्डो सुचना विभाग-राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको वार्षिक कार्यक्रम समिक्षा, वित्तीय साक्षरता एवम् सेवा विस्तार अभियान–२०७२ अन्र्तगत वुधवार पर्वत जिल्लाको लुँखु शाखामा एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको सेवालाई प्रभावकारी वनाउन हकवाल सदस्यको पृष्ठपोषण लिने, समुदायका पुरुष सदस्यहरुलाई लघुवित्तीय सेवा वारे जानकारी गराई संस्थाको वित्तीय सुविधा थप ग्रामीण क्षेत्रसम्म पु¥याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । संस्थाको ३६औं शाखाको रुपमा एक वर्ष पहिले स्थापित लुँखु शाखाले पर्वत र स्याङ्गजा जिल्लाका नौ गाविसमा सेवा विस्तार गरी ४६ वटा केन्द्रमा ६ सय ६५ विपन्न घरधुरीलाई समुहमा आवद्ध गरेको छ । यसै गरी शाखाले १७ लाख ८० हजार वचत संकलन गर्नुको साथै ९९ लाख ४७ हजार विना धितो कर्जा लगानी गरेको छ । कार्यक्रममा संस्थाले सेवा प्रवाह गर्दै आएका ४६ स्वावलम्वन केन्द्रका सदस्य एवम् सरोकारवाला निकायका प्रतिनिधी गरी झण्डै ४ सय २७ जनाको सहभागिता रहेको थियो ।

nesdo news 2

कार्यक्रममा आर्थिक वर्ष २०७१ – ७२ को वार्षिक मुल्याङ्कनमा उत्कृष्ठ स्थान हासिल केन्द्रहरुलाई पुरस्कृत गरियो । पुरस्कृत हुनेहरुमा प्रथम स्थान हासिल गर्ने पर्वत जिल्ला लुखु गाविस, वडा नं – ९ स्थित सरस्वती महिला स्वावलम्वन केन्द्र केन्द्र नं. १, दृतिय वालकोट गाविस, वडा नं – ९ स्थित श्री शुभकामना महिला स्वावलम्वन केन्द्र केन्द्र नं. १७, तृतिय स्थान हासिल गर्ने भोक्सिङ्ग गाविस, वडा नं – ३ स्थित इन्द्रेणी महिला स्वावलम्वन केन्द्र केन्द्र नं. १९ र सान्त्वना स्थान हासिल गर्ने वालाकोट गाविस, वडा नं – ४ स्थित वालारानी महिला स्वावलम्वन केन्द्र केन्द्र नं. २२ रहेका छन् ।

यसै गरी कार्यक्रममा संस्थाको सेवालाई अति विपन्न समुदायसम्म पु¥याउन सहयोग गर्ने सामाजिक व्यक्तित्वहरुलाई नेष्डो लघु वित्त दुतको रुपमा सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा पर्वत जिल्ला लुँखु गाविस, वडा नं.–१ निवासी श्री सरस्वती अधिकारी, फलामखानी–९ निवासी शिक्षक भीम वहादुर क्षेत्री, वालाकोट ९ निवासी श्याम वहादुर क्षेत्री, भोक्सिङ्ग–३ निवासी नुन वहादुर गुरुङ्ग, पाखापानी–१ निवासी मेख वहादुर क्षेत्री रहनु भएको छ । सम्मानित हुने अन्य सामाजिक व्यक्तित्वमा कुर्घा गाविस वडा नंं ८ निवासी चन्द्रा सार्की र पाखापानी–६ निवासी मातृका देवी भण्डारी रहनु भएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले संस्थाको सेवावारे हकवाला सदस्यका साथै समाजका अग्रणी व्यक्तित्वलाई अवगत गराई वन्चितीमा परेका समुदायसम्म सेवा विस्तार गर्ने उद्दे्रश्यले अभियान सञ्चालन गरिएको वताउनु भयो । लघुवित्तले एउटा विपन्न परिवारको घरदैलोमा पुगी चेतना विकास, संगठन विस्तार गर्नुका साथै आर्कषक वचत योजना, विपन्नमुखी कर्जा सुविधाको साथै ढेड दर्जन कल्याणकारी सुविधा दिई सदस्यको हरेक सुख, दुखमा साथ दिंदै आएको वताउनु भयो । यसैगरी नेपाली काँग्रेसका लुँखु गाँउ सभापती डिल्लीराम पौडेलले नेष्डो नेपालको सेवा अति गरिवमुखी भएकोले सवैले साथ दिनु पर्ने वताउनु भयो । नेकपा एमाले पर्वतका जिल्ला सदस्य जिवन विक्रम उचैले नेष्डो नेपालको सेवालाई अन्य स्थानीय शहकारीसंग तुलना गर्न नमिल्ने वताउनु हुदै संस्थाले सदस्यको सीप विकास तथा व्यवसायिकतामा जोड दिए अति उत्तम हुने वताउनु भयो । कार्यक्रममा धुँवाकोट महाशिला वहुमुखी क्याम्पसका प्रमुख खुम प्रसाद शर्मा, संस्थाका विभागीय प्रमुख वद्री प्रसाद मिश्र, युधिष्ठिर भुषाल, इश्वरी शर्मा, महिला प्रतिनिधी मिना क्षेत्री मल्ल, राज कुमारी श्रेष्ठ, नीरमायाँ नेपाली, शिव कुमारी नेपाली लगायतले संस्थाको सेवा अति गरिवीमुखी रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा चर्चित नृत्य कलाकार सुक वहादुर पुन, अनिता सोती र उदयमान लोक गायिका मधु चापागाईले विविध साँस्कृति प्रस्तुतीकरण राख्नु भएको थियो ।

कार्यक्रम शाखा प्रवन्धक अन्जु मल्लको अध्यक्षता, लघु वित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, केन्द्र प्रवन्धक दुर्गा सुनारको संस्थागत प्रतिज्ञा एवम् रेडियो सम्वृद्धका स्टेशन प्रमुख ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button