पोखरा, १४ माघ –
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजद्धारा आयोजित ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा २०१६ को तयारी पुरा भएको छ ।
सम्पुर्ण तयारी पुरा भएको छ अब अन्तिम प्रतिस्पर्धा मात्रै बाँकी छ प्रतियोगिता संयोजक जेसिका तामाङले बताए । समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ पोखरा २०१६ आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
प्रतियोगितामा तामाङ समुदायका १२ जना प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगीहरुमा पोखरा संगमटोलका मुना स्याङ्गबो तामाङ, लेकसाईडकी जानुका तामाङ, ढुङ्गेसाँघुका सोनी दोङ्ग तामाङ, बगरका सोनी योञ्जन तामाङ, शहिदचोकका बिपना लामा, लेकसाइड खहरेका मनिषा तामाङ, लेकसाईड डिहिको पाटनका आस्मा तामाङ, निमा तामाङ, जिना तामाङ, लेखनाथ रिठ्ठेपानीका उत्साह तामाङ, लेकसाईडका डोल्मा लामा र गीता लामा रहेका छन् ।
प्रतियोगीहरुलाई १ महिना लामो ब्यक्तित्व बिकास सम्बन्धी तालिम दिइएको थियो । तामाङ्ग भाषाको विषयमा जयन्ती तामाङ , संस्कृति सम्बन्धी धनबहादुर तामाङ, सार्वजनिक भाषण कलाका बिषयमा पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल ले तालिम दिएका थिए । यस्तै महिला अधिकारका बारेमा अधिवक्ता जुनाकुमारी गुरुङ, महिला सशक्तीकरण बिषयमा मिना गुरुङ, नेतृत्व बिकासका बिषयमा बिग एफ एमका अध्यक्ष महेश भण्डारी, कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङ, रयाअनडम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष प्रदिप कुवर, तामाङ धर्म तथा संंस्कारका बिषयमा मिन गुरुङले सहजीकरण गरेका थिए । ब्यवस्थापकिय दक्षताका बिषयमा ओम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धी मल्ल, फिटनेसमा तमन्ना गुरुङ्ग तथा ट्राफिक नियमका बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका नायब निरिक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए । कार्यक्रमको कोरियोग्राफर निशा प्रजापति तथा सहायक कोरियोग्राफर सुलोचना शाक्य रहेका छन् ।
माघ १६ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा डान्स इण्डिया डान्सका उपविजेता निर्मल तामाङलाई सम्मान गरिने समाजका अध्यक्ष तामाङले बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ, निर्मल तामाङ, शुक्र लामा र संजिव लामाको सांगितिक प्रस्तुतिका साथै तामाङ सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution