राप्रपा नेपाल कास्की क्षेत्र नं. २ को वडा भेला सम्पन्न

पोखरा, १४ माघ –

राप्रपा नेपाल कास्की क्षेत्र नं. २ को आयोजनामा पोखरा १ कसेरी सिमपानीको वडा भेला सम्पन्न भएको छ । हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले पोखरेली जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आफ्नो टोलीले पहल गरेको बताए । मुहान नथपी धारा मात्र बाँड्नु अर्थहिन भएको बताउँदै खानेपानीको स्रोतलाई व्यवस्थित गर्न राष्ट्रिय योजनामा पार्ने पहल गरिएको जानकारी दिए । त्यसैगरी नगरपालिकाको पछिल्लो घरमापदण्ड नीतिले सर्वसाधारणलाई सास्ती दिलाएको गुनासो प्रकट गरे । मापदण्ड नीति सुधार्न र व्यवस्थित बनाउन जिल्ला समिति कास्कीले केन्द्रमा लविङ गरिसकेको र तत्काल छिटै समाधान हुने कुरामा उनले जोड दिए ।

कार्यक्रममा धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलु, केन्द्रीय सदस्य रोम बहादुर भण्डारी, प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुण बिक्रम राणा, केन्द्रीय सदस्य देविजंग गुरुङ्ग, जिल्ला उपाध्यक्षद्वय नेत्रबहादुर बस्नेत, बुद्धिमान दुरा धम्पु, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग लगायतले बोलेका थिए ।

कार्यक्रम वडा नं. १ का अध्यक्ष मोतिमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो । स्मरण रहोस् यसअघि क्षेत्र नं. २ ले विभिन्न क्षेत्रमा आफ्नो कार्यक्रम गरिसकेको र हरेक वडामा राप्रपा नेपाल भन्नेअभियानलाई सार्थक तुल्याउन विविध कार्यक्रमहरु सम्पन्न गरिकेको क्षेत्रीय अध्यक्ष गिता गुरुङ्गले बताइन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button