हरेक वडामा राप्रपा नेपालको राष्ट्रिय अभियान जारी

  • पोखरा न्यूज
  • २०७२ माघ १५
हरेक वडामा राप्रपा नेपालको राष्ट्रिय अभियान जारी

पोखरा, १५ माघ –

राप्रपा नेपाल कास्की क्षेत्र नं. १ को आयोजनामा लेखनाथको वडा नं.१ र १२ को वडा भेला सम्पन्न भएको छ ।

हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य तथा अञ्चल संयोजक भीमसेन गुरुङ्गले जनताका पिर मर्कालाई बुझी जनतासँग सहकार्य गरेर जनताका सुख दुःखलाई एकसाथ सहयोग गरेर अगाडि बढ्ने बताए । उनले बोलेर मात्र नहुने गरेर देखाउनु पर्ने कुरामा जोड दिंदै संस्थामा सबै गोल बद्ध भई अगाडि बढ्नुपर्ने बताए ।

rapra 2

कार्यक्रममा बोल्दै राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले पोखरेली जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आफ्नो टोलीले पहल गरेको बताए । मुहान नथपी धारा मात्र बाँड्नु अर्थहिन भएको बताउँदै खानेपानीको स्रोतलाई व्यवस्थित गर्न राष्ट्रिय योजनामा पार्न कास्कीको एक टोली कार्यकारी अधिकृत लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले स्थानीय विकास मन्त्रीलाई ध्यानाकर्षण गरिएको बताउँदै छिटै समाधान गर्ने कुरामा आश्वासन दिएको बताए । साथै यस जिल्लामा हाइड्रोपावर थपी कास्की जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न पहल भइरहेको समेत बताए ।

कार्यक्रममा अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बास्तोला, महेश्वर आचार्य, इन्दिरा गुरुङ्ग, देविरमण न्यौपाने, हरिबहादुर जिसी, नारायण सुवेदी लगायतले सबैलाई साथ दिने कुरामा राप्रपा नेपाल कहिल्यै पछि नहट्ने र सबैसँग काँधमा काँध मिलाएर अघि बढ्ने कुरामा जोड दिए । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्ने विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथि अञ्चल संयोजक भीमसेन गुरुङ र जिल्ला अध्यक्ष जयलाल पुनले खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।

वडा नं.१२ का इकाई अध्यक्ष माधव तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सचिव अर्जुन बहादुर बस्नेतले गरेका थिए।

स्मरण रहोस् शनिवार सहिद दिवसको अवसरमा राप्रपा नेपाल कास्कीले सच्चा देशभक्त राष्ट्रवादी सहिदहरुको सम्झनामा पार्टी कार्यालयमा दीप प्रज्वलन गर्ने राप्रपा नेपाल कास्कीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस