पोखरा, १५ माघ –
पर्यटकीय नगरी पोखरामा आज (शुक्रबार) देखि पाँचौं संस्करणको लिटरेचर फेस्टिभल सुरु भएको छ । बुकवर्म फाउन्डेशनको आयोजना र रयान्डम रिडर्स सोसाइटी अफ नेपालको सह–आयोजनामा नेपाल टुरिजम बोर्डको कार्यालय पोखरा पार्दीमा संचालन भएको उक्त फेस्टिवल माघ १८ सम्म संचालन हुने भएको छ ।
४ दिनसम्म चल्ने फेस्टिभलमा समसामयिक, राजनीति, साहित्य, कला, समाजशास्त्रदेखि अर्थशास्त्र, सिनेमा लगायतका विषय समेटिएको बुकवर्म फाउन्डेसनका निर्देशक अजित बरालले बताए । ३० भन्दा बढी सत्रमा एक सय भन्दा बढी स्रष्टाको संलग्नता रहने उक्त फेष्टिवल काठमाडौबाट पहिलो पटक पोखरामा भएको हो । फेस्टिभल पोखरामा ल्याउनुकोे कारण पर्यटकीय नगरीमा साहित्यिक र सांस्कृतिक वातावरणको प्रवद्र्धन गर्नु रहेको बरालले जनाए । सन् २०११ बाट सुरु भएको साहित्यिक महोत्सव यसअघि काठमाडौंमा हुँदैं आएकोमा पहिलो पटक पोखरामा भएको हो । महोत्सवमा साहित्यका विविध आयामका साथै दैनिक जीवनसँग प्र्रत्यक्ष सरोकार राख्ने राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा छलफल, बहस गरिने सह आयोजक रयान्डर्स रिर्डस सोसाईटी पोखराका अध्यक्ष उपेन्द्र पौडेलले बताए । महोत्सवमा भारतका दुई लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजनीतिज्ञहरुले ३० वटा जति विषयमा छलफल गर्नेछन् । नयाँ शक्तिमाथि डा बाबुराम भट्टराई, योगेश भट्टराई र सुधीर शर्माबीच बहस भएको थियो । शरदचन्द्र बस्ती, खगेन्द्र संग्रौला, मोहन मैनाली, नारायण वाग्ले, बुद्धिसागर, मनु मन्जिल, सरिता तिवारी र श्रवण मुकारुङले भाषाका कुरा, नारा की कविता ? र दोस्रो पुस्ताको सकस विषयमा बहस र छलफल गरेका थिए ।
भारतीय लेखिका इरा त्रिवेदी तथा उदय प्रकाशसँग साहित्यकाबारे संवाद हुनेछ । राजेश हमाल र दयाहाङ राई, रेखा थापा, गौरी मल्ल, रवीन्द्र मिश्र, स्वर्णिम वाग्ले, रवीन्द्र अधिकारी, लीलामणि पौडेल, शारदा शर्मा, सरुभक्त, तीर्थ श्रेष्ठ, कर्ण दास, विवेक श्रेष्ठ, रवी थापा, प्रणय राना, नारायण वाग्ले, सुविन भट्टराई, नयनराज पाण्डे, सरस्वती प्रतिक्षा, अनुप बराल, प्रशान्त झा, आहुती, , लगायतका व्यक्तिहरुले विभिन्न साहित्य, कला, संगीतका विषयमा छलफल गर्नेछन् ।
नेपाली हिरो, नेपाल कसरी बनाउने, संविधा र पहिचान, नेतृत्वमा संकट, मिडियामा मधेश, इन्डिया इन लभ, सिमान्त स्वरहरु लगायतका विषयमा छलफल हुनेछन् । महोत्सवमा कविता तथा मुक्तक वाचन पनि हुनेछन् । गत नोभेम्बरमा भएको नेपालको पहिलो अन्तर्राष्ट्रिय फोटो महोत्सवमा प्रदर्शनीमा राखिएका १८ वटा प्रदर्शनीहरुमध्ये पाँच प्रर्दशनी महोत्सवमा राखिएको छ । पोखरामा पहिलो पटक भएको लिटरेचर फेस्टिभलमा सहभागी हुन पाउँदा पोखरा क्षेत्रका स्रष्टा पनि उत्साहित छन् ।
यसै बिच, उक्त फेष्टिभलको बेलायती सेनाका पूर्व कर्णेल जेपी क्रसले उद्घाटन गर्दै क्रसले गोर्खालीले विश्वसामु देखाएको बहादुरीको प्रशंसा गरे । नेपाली नागरिकता प्राप्त गरेको ९१ वर्षीय क्रसले अव बेलायत नफर्किने घोषणा गरे। कार्यक्रममा क्रसको परिचय दिदै कवि तीर्थ श्रेष्ठले जेपी क्रस बेलायतमा जन्मेको नेपाली भएको बताए । नेपालीलाई धर्मपुत्र बनाएका जेपीका १६ वटा
पुस्तक प्रकाशित भएको श्रेष्ठले जनाए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोसीलेयस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनाम टेवा पुग्ने बताए। कार्यक्रममा पितम्बर शर्माले असजह प्रश्नको बारेमा प्रवचन दिए । अजहज प्रश्न कहिल्यै सुन्न नपरोस भन्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणले उपब्जाको प्रश्न, भुकम्प, संघीयताको सकस लगायतको बारेमा प्रवचन दिएका थिए ।
त्यसै गरी, कास्की क्षेत्र नम्बर ३ का सांसद एवं व्यवस्थापिका संसदको विकाससमितिका सभापति रवीन्द्र अधिकारीले लेखेको पुस्तक ‘समृद्ध नेपाल’ को उक्त अवसरमा सुक्रबार नै लोकार्पण गरिएको छ । विद्यार्थी भाईबहिनीप्रति सर्मपति गरिएको पुस्तक पाँच जना भाइबहिनी सफल पौडेल, अनिषा लामिछाने, सुजन नेपाली, कृर्ति क्षेत्री र नैना कुँवरले विमोचन गरेका हुन् ।