पुराना दलहरुबाट संस्थागत रुपमा भ्रष्टचार भएको डा.भट्टराइको आरोप

  • पोखरा न्यूज
  • २०७२ माघ १५
पुराना दलहरुबाट संस्थागत रुपमा भ्रष्टचार भएको डा.भट्टराइको आरोप

पोखरा १५, माघ-
नयाँ शक्ति अभियानका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुरानै दलहरुबाट संस्थागत रुपमा भ्रष्टचार हुदै आएको आरोप लगाएका छन । शुक्रबार देखि पोखराको पर्यटन वोर्डमा सुरु भएको पाँचौं संस्करणको लिटरेचर फेस्टिभलको अवसरमा आयोजित बहस कार्यक्रममा बोल्दै डा. भट्टराईले देशमा पुरानै राजनीतिक दलहरुले संस्थागत रुपमा भ्रष्टचार गर्दै आएको आरोप लगाएका हुन ।

उनले भने “नेपालमा २००७ सालदेखि आसिंक रुपमा त्रान्ती हुदै आएको छ,नेपालमा झवाट्ट परिवर्तन ह्न नसकेको कारणले गर्दा कागेंस, पछि एमाले हुदै एमाओबादी सहितका दलहरु परिवर्तन गराउने नाममा जन्म भए तर सत्तामा पुगे पछि संस्थागत रुपमै भ्रष्टचारमा लुप्त भएकोले भ्रष्टचार रहित, आर्थिक समृद्धि तथा उत्पादन गर्ने राजनीतिक दलको आवश्यक भएकोले नयाँ शक्ति अभियानमा लागेको हुँ । ” पुराना पार्टीहरुमा नयाँ परिवर्तन गराउन नसकिएको दाबी गर्दै उनले एमाओबादी अध्यक्ष प्रचण्डसंग आफुले नयाँ शक्तिको रुपमा पार्टी भित्र परिवर्तनको खाँचो भएको बिषयमा व्यापक छलफल हुदा उनले नमानेको हुदा आफु देशमा परिर्वतन चाहेको हुदा पार्टी परित्याग गरेको समेत प्रष्ट्याए ।

तपाई प्रधानमन्त्री र अर्थमन्त्री हुदा देशलाई के परिर्वतन गराउनु भयो भन्नेसहभागिहरुकोे जिज्ञासामा डा. भट्टराईले ९ महिने सरकारमा रहदा आफुले परिर्वतन गराउन खोज्दा समय कम भएको जनाउदै देश संक्रमणकालिन अबस्थामा भएकोले तत्काल शान्ति प्रकृयालाई टुंगोमा पुराउनको लागि महत्वपुर्ण भुमिका खेलेको, युवा स्वरोजगार कार्यक्रम ल्याएको र पछि संविधान निमार्णमा समेत महत्वपुर्ण भुमिका खेलेको उनले दाबी गरे ।

एमाओबादीको फौजीबादी सिद्धान्त भएकोले आफुले चाहे अनुसार माओबादी भित्र बसेर परिवर्तन गराउन नसके पछि पार्टी परित्याग गरेको जनाउदै देशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्री चयन हुने व्याबस्था मिलाउन सके कम्तीमा ५ बर्ष एउटा पार्टीले देश चलाउन सके देशमा जनताले चाहे अनुसारकै परिवर्तन गराउन सकिने र आर्थिक क्रान्ती हुने उनले दाबी गरे । घुमाउरो पारामा उनले आफुलाई ५ बर्ष देशको नेतृत्व गर्न दिएको खण्डमा जनताले महशुल हुने गरी परिवर्तन गराई देखाउने अन्यथा आफुलाई जनताले जे जस्तो कार्रवाही पनि गर्न
सक्ने जनाए । उनले भने “हाम्रो देश प्राकृतिक श्रोत साधनले धनि छ, १० बर्ष भित्रमा देशमा गरीबी निवारण गर्न सक्छौं तर नेतृत्व लिने असल व्यक्तिको खाँचो छ ।” नेपालको बस्तु स्थिती अनुसार नेपालकै मोडल आवश्यक भएको बताएका डा. भट्टराइले दिगो विकास र छिटो उत्पादन हुने तथा भ्रष्टचार रहित राजनीतिक दलहरु देशमा आवश्यक भएको जनाए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ शक्तिको नाममा नयाँ पार्टी नै आवश्यक नभएको जनाउदै पार्टी भित्रै परिवर्तन आवश्यक भएको बताए । पार्टी भित्रै रहेर परिर्वतन गराउन सकिने जनाउदै उनले देशमा परिवर्तन गराउन पार्टि भित्रै सघर्ष र छलफलले गरेर पनि गर्न सकिने जनाए । मधेसमा हाल क्षेत्रिय दल बनाउने प्रयास भएको दाबी गर्दै उनले त्यसलाई एमालेले पहाड र तराई दुबैलाई सन्तुलित धारमा हेर्ने गरेको बताए ।

कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादक सुधीर शर्माले पार्टीहरुमा केहि न केहि परिर्वतन हुदै आएको बताए । उनले भने “पार्टीहरुमा परिर्वतन नै नभएको भए आज हामी प्रजा परिषदकै अबस्थामा हुन्थ्यौं । ” डा. भट्टराईले नयाँ शक्तिको रुपमा शहरी मध्यमबर्गलाइ समेटेने गरी अभियान सुरु गरेको सम्पादक शर्माले आरोप लगाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस