पोखरा, १५ माघ –
कास्कीका १२ वर्ष मुनिका खेलाडीहरु जापानमा हुने ‘यु–१९ कोपा पुमा टोरेरोस’ प्रतियोगितामा भाग लिन जापान जाने भएका छन् । जापानको ओदेम्बामा आउँदो अप्रिल १ गतेदेखी ३ गतेसम्म हुने एट(ए साईड फुटवल प्रतियोगितामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै कस्केली बालकहरु जान लागेका हुन् । प्रतियोगितामा भाग लिन नेपाली टोली मार्च २६ तारिखमा नेपालबाट जापान प्रस्थान गर्ने कास्की जिल्ला फुटवल संघले पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा ३० बढी टिमले भाग लिने र अहिलेसम्म नेपाल र जापानसहित २३ देशका २८ टिमले दर्ता गरिसकेको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जोन हिरानोले जानकारी दिए । हिरानो नेपाली टोलीको बारेमा जानकारी लिन पोखरा आएका हुन् । उनका अनुसार जापानमा हुने प्रतियोगिताको च्याम्पियन टोलीले स्पेनमा आगामी जुन महिनामा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउने छ ।
समय अभावले पूरै देशमा छनौट गर्न सम्भव नभएकाले कास्की जिल्ला फुटवल संघको समन्वयमा कास्कीका बालकहरुबीच केही दिन ट्रेनिङ्ग गरेको आधारमा बालकहरु छनौट गरिएको टोलीको समन्वय गरिरहेका फुटवलका पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले बताए । गौचनकै पहलमा नेपालबाट पनि प्रतिनिधित्व गराउन सफल भएको बताइएको छ । प्रतियोगितामा सहभागि टोलीलाई आयोजकले भिसा दिलाईदिने तथा जापानमा रहँदा बस्नेखानेको सुविधा दिएपनि टिकट खर्च भने नदिने भएकाले त्यसको चाँजोपाँजो आफूहरुले गर्ने गौचनले बताए । उनका अनुसार जापानमा च्यारिटी सो गरेर टिकट खर्च निकाल्ने र त्यसका लागि सरदकुमार गौचनको नेतृत्वमा वालविकास फुटवल सहयोग समिति गठन भएको वसन्तले बताए ।
प्रतियोगितामा सहभागि हुने टिमका लागि प्रशिक्षक शम्भु केसी र राजेन्द्र तामाङले बालकहरु छनौट गरेका छन् । एट ए साईड प्रतियोगिताका लागि कुल १३ जना टिममा हुने र त्यसका लागि अविरल थापा, प्रमिस गुरुङ, रोसन थापा, निराजन थापा, विशाल थापा, मनोज नेपाली, अनमोल थापा, मनोज जलारी, अस्मित गोर्खाली, कुशल परियार, प्रसन्न श्रेष्ठ, प्रकाश नेपाली र सागर थापा छनौट भएको कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution