कांग्रेस कालिकाको अधिवेसन धाधलीरहित भएको दावी

पोखरा, १६ माघ –
नेपाली कांग्रेस कालिका गाँउ ईकाई समितिको शुक्रवार सम्पन्न अधिवेसन धाधलीरहित भएको दावी गरीएको छ ।

ईकाईका नवनिर्वाचित शभापति भानु ढकालले शनिवार एक विञप्ती जारी गर्दै अधिवेसन स्वच्छरुपमा सर्वसम्मतीले सम्पन्न भएको बताएका हुन् । अधिवेसनमा धाँधली भएको आरोपसहित सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि ढकालद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“निश्चित संख्यामा जिल्ला प्रतिनिधी चयन गर्नुपर्ने वाध्यात्मक परीस्थितीमा सर्वसम्मतीको सिद्धान्तलाई अवलम्वन गर्दै अधिवेसन सम्पन्न भएको छ । ”

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

ढकालले सर्वसम्मत रुपमा अधिवेसनबाट आफुलाई शभापति एवं अन्य जिल्ल्ला प्रतिनिधी चयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सवै नेता तथा कार्यकर्तालाई धन्यवादसमेत विज्ञप्तीमार्फत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button