स्वयमसेवक व्यवस्थापन प्रशिक्षण तालिम सम्पन्न

पोखरा, १६ माघ –

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा एक दिने स्वयमसेवक व्यवस्थापन प्रशिक्षण शनिवार पोखरामा सम्पन्न भएको छ ।

कास्की शाखाका सभापति वामदेव ढुङ्गानाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपसभापति डोलराज पाण्डे, मन्त्री कृष्ण तिमील्सिना लगायतले बोल्नुभएको थियो । सहभागिको तर्फबाट सीता तिमील्सीनाले यस प्रकारकतालिमले उपशाखालाई परिपक्क बनाउने सहयोग पुरयाउने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा स्वयंसेवकको अवधारणा, व्यवस्थापन र अभिलेख,स्वयंसेवकको रेडक्रसमा प्रवेश, क्रियाशीलता र निरन्तरता, व्यवस्थापनमा शाखाको भूमिका लगायतका विषयमा स्वयंसेवक व्यवस्थापन अधिकृत नारायण लामिछानेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा कास्की जिल्लामा रहेका ५५ जना उपशाखाका १ सय १० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button