प्रतियोगी अदिति बाहिरिएपछि विग आईकनमा उत्कृष्ट ८

  • पोखरा न्यूज
  • २०७२ माघ १६
प्रतियोगी अदिति बाहिरिएपछि विग आईकनमा उत्कृष्ट ८

पोखरा, १६ माघ –

शनिबार भएको ‘एलिमिनेशन राउण्ड’बाट अदिति शर्मा बाहिरिएपछि जारी विग आइकन अन्तरगत ८ जना प्रतिस्पर्धीहरुबीच प्रतिस्पर्धा भएको छ । अघिल्लो चरणमा छनौट हुने उत्कृष्ट ७ प्रतिस्पर्धीका लागि ८ जना प्रतियोगीहरुले शनिबार प्रस्तुती दिए । विग आइकन अन्तरगत सोमबार उत्कृष्ट ७ प्रतिस्पर्धीहरु छनौट हुनेछन् ।

यसअगाडिको राउण्डमा प्रततियोगिताबाट उत्कृष्ट १० प्रतिस्पर्धी प्रदिप सुनाम बाहिरिएका थिए । शनिबार अदिति शर्मा प्रतियोगिताबाट बाहिरिएसँगै प्रमिला बराल, अनु गुरुङ, अम्बिका पुन, कमल केसी, ममता गुरुङ, साजन आले,सृष्टि गुरुङ र सौगात गुरुङले उपाधीका लागि भिड्नेछन् । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ ।

प्रमिला बराललाई भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गई BIG space PB, अनु गुरुङलाई भोट गर्न BIG space AG, अम्बिका पुनलाई भोट गर्न BIG space AP, कमल केसीलाई भोट गर्न BIG space KK, ममता गुरुङलाई भोट गर्न BIG space MG, साजन आलेलाई भोट गर्न BIG space SA, सृष्टि गुरुङलाई भोट गर्न BIG space SH र सौगात गुरुङलाई भोट गर्न BIG space SG टाईप गरि ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ ।

एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस