कास्की जिल्ला तेकोवन्दोको साधारणसभा सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ माघ १६
कास्की जिल्ला तेकोवन्दोको साधारणसभा सम्पन्न

पोखरा, १६ माघ –

कास्की जिल्ला तेकोवन्दो संघको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष यम गुरुङ्गले नियमित नभएका र झोलामा खेलकुद संस्था बोकेर हिडनेहरुलाई कार्वाहीको दायरामा ल्याउन पहल गरिने वतोनुभएको छ । उनले भने “केवल केन्द्रिय प्रतिनिधी वन्नका लागिमात्र झोलामा खेलकुद संस्था वोकेर हिड्ने गरिएको छ अव यि संस्थाहरु नियमन गर्न पहल हुनेछ ।”पदमा वसेर संस्थाको दुरपयोग गरेमा त्यसता संस्था खारेज गरिने उहाँको भनाई थियो । यसका लागिआफुले राष्ट्रिय खेलकुद परिषदसंग समन्वय समेत गर्ने र तेकवनदोे खेल विकासका लागि कास्कीमा टे«निङ्ग सेन्टर निर्माण गर्न पहल गर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपाल तेक्वन्दो संघका केन्द्रिय सदस्य मदन केसीले पोखरामा फागुन १५, १६ र १७माआयोजना हुने हानमादाङ्ग प्रतियोगिता सम्पन्न गर्न पोखरेलीहरुका लागि चुनौतीको विषय रहेकोले गम्भिर भएर यसका लागि अगाडी बढन् सवैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कास्की जिल्ला तेकवन्दो संघका अध्यक्षले कास्कीमा बिभिन्न प्रतियोगिताहरु आयोजना गरिने र हानमादाङ्ग प्रतियोगिताले यस क्षेत्रको पर्यटन र खेलकुद विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले कास्कीमा ट्रेनिङ्ग सेन्टर निर्माण गर्न संघले पहल थालिसकेको र यसका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला तेकवन्दो संघका सल्लाहाकार द्वय रत्नमान गुरुङ, योगेन्द्र वस्नेत नेपाल ह्याण्डवल संघका केन्द्रिय सचिव तथा पत्रकार केशव पाठक, संधका उपाध्यक्ष राजु श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा कास्की जिल्ला तेकवन्दो संघका सचिव राजन पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ललित वहादुर धामीले कोषध्यक्षको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस