तल्लो जनशक्ती टोल विकास संस्थाले बाटो पिच गर्ने

पोखरा, १७ माघ –

पोखरा उपमहानगरपालिका वडा नं. १० मा रहेको तल्लो जनशक्ती टोल विकास संस्थाले आफ्नो टोलको बाटो पिच गर्नका लागि एक कार्यक्रमका बिच आइतबार छलफल गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संस्थाका अध्यक्ष गंगाविलास लोहनीको अध्यक्षतामा सम्पन्न भएको छलफलमा प्रमख अतिथी राप्रपा नेपाल कास्कीको अध्यक्ष जयलाल पुनले नगरपालिकाले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उक्त बाटो निर्माण समितिका अध्यक्ष धनबहादुर गुरुङले नगरपालिकाले तोकेको सम्पूर्ण मापदण्ड पूरा गर्न आफ्ना टोलवासीहरु तयार रहेको जानकारी दिनुभएको थियो । संस्थाका सचिव अर्जुनप्रसाद पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय टोलवासीहरुले टोलमा रहेको एसओएस हर्मन माईनर विद्यालयलले बाटोका लागि मापदण्डमा परेको जग्गा नछोडेकाले समस्या परेको गुनासो गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button