पोखरा, १७ माघ –
किसान जागरण बहुउद्देश्यीय सहकारी संस्था लि.पोखरा ७ ले वार्षिक कार्यतालिका अनुसार संस्थामा आवद्ध बाल बचतकर्ताहरुको लागि एकदिने अवलोकन भ्रमण तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
महिला तथा बालबालिका उपसमितिका संयोजक इन्दिरा बरालको संयोजकत्वमा सम्पन्न उक्त रमाइलो वनभोज कार्यक्रममा संस्थाका ५६ जना बाल सदस्य तथा संस्थाका अध्यक्ष लिलाभक्त बराल, उपाध्यक्ष मोतिराम बराल, सचिव शिवप्रसाद बराल लगायतका कार्यसमिति एवं अन्य उपसमितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो । भ्रमण तथा रमाइलो वनभोज अन्तर्गत बालबालिकाहरुलाई फेवातालको किनारैकिनार अवलोकन भ्रमण गराउँदै कास्कीको पूर्वमा अवस्थित पामेमा बालबालिकाहरुको लागि रमाइलो वनभोज आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष लिलाभक्त बरालले यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दा बालबालिकाको मनोवैज्ञानिक एवं बौद्धिक विकासमा मद्दत पुग्ने हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
उक्त अवसरमा बालबालिकाहरुको लागि रमाइला प्रतियोगितात्मक कार्यक्रमहरु बेलुन फुटाउने, घैंटो फुटाउने तथा तातो आलु आयोजना गरी प्रतियोगितामा उत्कृष्ट हुने बाल सदस्यहरुलाई पुरस्कार समेत वितरण गरिएको महिला तथा बालबापलका उपसमिति संयोजक इन्दिरा बरालले जानकारी दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution