युवराज बने रेडियो अन्नपूर्णको आहा ! रारा गोल्डकप महापण्डित

पोखरा, १७ माघ –

यस वर्ष रेडियो अन्नपूर्णको महापण्डित स्याङ्गजाका युवराज काफ्ले बन्नुभएको छ । पश्चिमाञ्चलकै प्रतिष्ठित प्रतियोगिता १४ औं आहा ! रारा गोल्डकपसँगै पोखरामा फुटवलको फिवर वढाउन रेडियो अन्नपूर्ण पोखराले सञ्चालन गरेको आहा ! रारा गोल्डकप महापण्डितको उपाधि स्याङ्गजा छ्याङ्गछ्याङ्दी घर भई पोखरा न्यूरोडमा बस्दै आएका काफ्लेले जितेका हुन् । यस वर्षको आहा ! रारा गोल्डकपको उपाधि कसले चुम्ला ? भन्ने अन्तिम प्रश्नको सही उत्तर दिने करीब २ हजार श्रोता मध्ये आज विहान गरिएको गोलाप्रथाबाट काफ्ले बिजेता बनेका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महापण्डित काफ्लेलाई आइतबार रेडियो कार्यक्रममा लाइभ प्रशार मार्फत न्यू साउण्ड एण्ड भिजन, महेन्द्रपुल पोखराको तर्फबाट २१ ईन्चको एलजी एलईडी कलर टिभी प्रदान गरिएको छ । कार्यक्रममा गोल्डकप महापण्डितका मूख्य प्रायोजक न्यू साउण्ड एण्ड भिजन, महेन्द्रपुल पोखराका प्रोपाइटर मनोहर श्रेष्ठ र रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले संयुक्त रुपमा बिजेता काफ्लेलाई टिभी हस्तान्तरण गर्नुभयो ।

टिभी प्राप्त गरेपछि बिजेता काफ्लेले आफूले सोंच्दै नसोंचेको उपहार परेको भन्दै अप्रत्याशित खुशी मिलेको बताउनुभयो । पहिलोपटक रेडियोबाट फोन गरेर टिभी परेको खबर दिदा आफूलाई विश्वास गर्नै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले त्यसपछि परिवारलाई बताउँदा सबै खुशी भएको बताउनुभयो । साथै उहाँले सहारा क्लवले आयोजना गरेको आहा ! रारा गोल्डकप र त्यसलाई सघाउन रेडियो अन्नपूर्णले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो ।

महापण्डित कार्यक्रमका मूख्य प्रायोजक न्यू साउण्ड एण्ड भिजन, महेन्द्रपुलका प्रोपाइटर मनोहर श्रेष्ठले खेलकुदको विकासका लागि रेडियोले गरेको महापण्डित कार्यक्रमलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको र यसले अन्ततः आफ्नो व्यापार र मार्केटिङ्गमा समेत सघाएको भन्दै रेडियोलाई अवसरका लागि धन्यवाद दिनुभयो । आहा ! रारा गोल्डकपको आयोजक संस्था सहारा क्लवका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक केशवबहादुर थापाले रेडियो अन्नपूर्णको महापण्डित कार्यक्रमले प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण योगदान दिएको भन्दै रेडियो र प्रायोजक संस्था न्यू साउण्ड एण्ड भिजनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले रेडियोले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खेलकुदको विकासका लागि महापण्डित कार्यक्रम गरेको प्रष्ट पार्नुभयो । उहाँले अर्को वर्षको आहा ! रारा गोल्डकपमा चीनबाट पनि टिम सहभागी गराउन अहिले बाटै प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रतियोगिता अवधिभर गोल्डकप महापण्डित कार्यक्रममा सहकार्य गर्ने न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल र स्मार्ट ट्रेड लिंक चिप्लेढुङ्गा, एसएमएसकर्ता, रेडियोका श्रोता तथा शुभेच्छुक सबैलाई धन्यवाद दिनुभयो ।

यसअघी रेडियोले दैनिक हुने खेलबारे प्रश्न सोधेर सहि उत्तर दिनेमध्ये गोलाप्रथाबाट एकजनालाई दैनिक स्मार्ट ट्रेड लिंक चिप्लेढुङ्गाको तर्फबाट एकथान माईक्रोम्याक्स मोवाइल प्रदान गरेको थियो । रेडियोले माघ ५ गतेदेखी १६ गते फाइनल हुने दिनसम्म १२ दिननै दैनिक मोवाइल प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button