मिस तामाङको ताज निमालाई

पोखरा, १७ माघ –

बैदाम तामाङ समाजको आयोजनामा २८५२ औं सोनाम ल्होसारको अवसरमा आयोजित मिस तामाङ्ग पोखरा २०१६ को उपाधी लेकसाइडकी निमा तामाङले जितेकी छिन ।

निर्णायक पुर्व मिस नेपाल निलिमा गुरुङले भारतको नाकाबन्दीले नेपाली जनजीवन र देशको अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा अबको दिनमा देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ भन्ने निर्णायक प्रश्नको सटिक उत्तर दिँदै तामाङले उपाधी जितेकी हुन । उपाधी सहित उनले मिस पर्सानालिटीको टाइटल, नगद २० हजार, गिफ्ट हयाम्पर जितिन । फस्ट रनरअप मुना स्याङ्गबो तामाङले भिवर्स च्वाइस तथा बेस्ट कस्ट्युमको टाइटल सहित नगद १५ हजार तथा गिफ्ट हयाम्पर जितिन । यस्तै सेकेण्ड रनरअप गीता लामाले मिस ट्यालेण्टको टाइटल सहित नगद १० हजार तथा गिफ्ट हयाम्पर प्राप्त गरिन ।

miss tamang 2

प्रतियोगितामा मिस कन्फिडेन्टको टाइटल डोल्मा लामा, ब्युटिफुल स्किन तथा स्माइलको टाइटल जानुका घिसिङ्ग तामाङ, मिस ब्युटिफुल आई आस्मा लामा, मिस फोटोजेनिक बिपना लामा, मिस डिसिप्लिन सोनी योञ्जन तामाङ, मिस ब्युटिफुल हेयर जिना तामाङ, मिस बेस्ट तामाङ ल्याङ्गवेज उत्साह लोप्चान तामाङ, मिस क्याटवक मनिषा तामाङ, मिस पर्फमर सोनी दोङ्ग तामाङले हात पारिन । टाइटलको बितरण निर्णायकहरु पुर्व मिस नेपाल निलिमा गुरुङ, नेपाल तामाङ्ग घेदुङ्ग कास्कीका निवर्तमान अध्यक्ष दिपक वाइवा तामाङ, गीतकार तीर्थ तामाङ, सौन्दर्यविद चिनु गुरुङ, फेवा टेलिभिजनका मार्केटिङ्ग म्यानेजर उदिपराज ढुङ्गाना, कार्यक्रमका सहसंयोजक जयन्ती मोक्तान, लोप्साङ्ग लामा, कोरियोग्राफर निशा प्रजापति, फोटोग्राफर सन्जय शाक्यले गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल तामाङ घेदुङ्गका कार्यबाहक अध्यक्ष कुम्भ बहादुर तामाङले युवा पुस्तामा संस्कृति प्रतिको जागरुकताका लागि यस्ता खालका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ्गका निबर्तमान अध्यक्ष दिपक वाइवा तामाङले तामाङ समुदाय संस्कार र संस्कृतिमा समृद्ध भए पनि राज्यले पहिचान गर्न नसकेकोले समुदायको हक अधिकार र यसको पहिचान स्थापित गर्न सम्पुर्ण समुदाय अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक जेसिका तामाङले समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा संस्कृति र सभ्यता प्रति युवापुस्ताको आकर्षण गराउने उद्धेश्यले मिस तामाङ पोखरा २०१६ आयोजना गरिएको बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ, शुक्र लामा र संजिव लामाको सांगितिक प्रस्तुतिका साथै एसके डान्स एण्ड एरोविक, सिम्पानी तामाङ्ग समाजको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रम बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button