ड्याम साईड क्लवद्वारा हिरोनो र गौचनको विदाई

पोखरा, १७ माघ –

ड्याम साईड क्लबले जापानको फुटबल एकेडेमीका अध्यक्ष जुन हिरोनो तथा नेपाली फुटबल टिमका पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचनलाई विदाई गरेको छ । क्लबको कार्यालय पोखरा १७ ड्याम साईडमा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई विदाई गरिएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो अवसरमा वसन्त गौचनले आफु क्लबको सदस्य हुँर्दै राष्ट्रिय खेलाडी भएको स्मरण गर्दै जापानमा वसेर पनि नेपाल र नेपाली खेलाडिलाई सधैं सहयोग गर्दै आएको वताए । त्यस्तै ड्याम साईड क्लब जापानले नेपाल फेडरेशन पाँचौ सँस्करणमा पाँचौ स्थान हासिल गरी पाएको पुरस्कारमध्ये नगद एकलाख जापान संयोजक रमेशकुमार गुरुङ मार्फत ड्याम साईड क्लब पोखरालाई गरेको सहयोग वसन्त गौचनले क्लबका अध्यक्ष पदमबहादुर ढकाललाई हस्तान्तरण गरेका छन् ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य क्रितिबल्लभ त्रिपाठी र कार्यक्रम संचालन प्रदिप वरालले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button