मिस पोखराका विजेतालाई पुरस्कार वितरण

पोखरा, १७ माघ –

पोखरा जेसीजको आयोजना तथा इभेन्ट्स फर यू को व्यवस्थापनमा भएको छैटौं मिस पोखरा प्रतियोगिताको औपचारिक समापन गरिएको छ । विजेताहरुले प्राप्त गर्ने पुरस्कार प्रदान तथा शुभकामना आदानप्रदानसँगै आईतबार समापन गरिएको आयोजक संस्था जेसिआई पोखराले जनाएको छ ।

पोखरा जेसिजका अध्यक्ष जेसी गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी छवि सुवेदी, पुर्व अध्यक्ष सिनेटर विष्णु बहादुर थापा, इभेन्ट्स् फर यु का अध्यक्ष विशाल गुरुङले प्रतियोगिता सफल भएको भन्दै निरन्तरका लागि जोड दिए । सहभागीहरुले सिकेका कुराहरुलाई जीवनमा लागु गर्दै समाज परिवर्तनमा योगदान दिन उनीहरुले आग्रह पनि गरे । यस्तै, मिस पोखरा सविना राना भुजेल, फस्ट रनर अप मञ्जिता खनाल, सेकेण्ड रनर अप लोचन बसेलले प्रतियोगितामा सहभागी भएर विजेता बनेपछि आफुहरुलाई धेरै चिनेको भन्दै खुशी व्यक्त गरे । साथै व्यक्तित्व विकासमा प्रतियोगिता फलदायी बनेको भन्दै आत्मविश्वास बढेको बताए ।

मिस पोखरा २०१५ का संयोजक किरण के.सीले जेसी किरण के.सी. ले सहभागीहरु, पोखराका व्यवसायिक संघ संस्था, सञ्चार जगत लगायत मिस पोखरा सफल बनाउन सहयोग गर्ने सबैजनालाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन महासचिव जेसी सन्तोष शाहीले गरेका थिए । समापन कार्यक्रममा सहभागीहरु लगायत स्पोन्सरहरुलाई प्रमाणपत्र, विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

मिस पोखराको टाईटल जितेसँगै सबिनाले मिस नेपालको अबको सँस्करणमा सोझै सहभागिता जनाउन पाउनेछिन् । उनले विजेता भएकै दिन स्कुटर प्राप्त गरिसकिन् भने नगद ५० हजार रुपैंया पनि प्राप्त गरिन् । फस्ट रनर अप खनालले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअप बसेलले २० हजार रुपैयाँ शर्त बमोजिम प्राप्त गरे ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button