पोखरा, १९ माघ –
वन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले राष्ट्रियताको सवालमा ब्रह्माण्ड उल्टीए पनि सहमती गर्न नसक्ने दाबी गरेका छन । पोखरा उपत्यका का ९ वटा ताललाई रामसार सुचिमा सुचिकृत भएको घोषणा कार्यक्रममा बोल्दै मन्त्री सापकोटाले राष्ट्रियताको बिषयमा अलिकति अडान लिन खोज्दा देशमा संकट उत्पन्न भएको बताउदै ब्रह्माण्ड उल्टीए पनि राष्ट्रियताको विषयमा कुनै सम्झौता हुन नसक्ने दाबी गरेका हुन ।
तराई मधेस दलका नेताहरुले संविधान नवुझेको कारणले गर्दा आन्दोलनमा उत्र्रिदै आएको आरोप लगाएका मन्त्री सापकोटाले पछिल्लो समयमा केहि नेताहरुले संविधान बुझ्दै आएको जनाए । उनले भने“सरकारले सवै जाति बिषयलाई सम्बोधन गर्न चाहान्छ, कसैको असन्तुष्टी भए वार्ता र छलफलबाट हामी टुंगाउन तयार छौं, आन्दोलन होइन सहमतिको लागि वार्तामा वसौैं ।” नेपालको मातृभुमि प्रति आफुहरु कटिवद्ध भएको दाबी गर्दै मन्त्री सापकोटाले कसैको तागतले राष्ट्रियताको बिषयमा आफुहरुसंग सम्झौता गर्न नसक्ने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution