कार्कीद्वारा मतदाताप्रति आभार व्यक्त

पोखरा, १९ माघ –

नेपाली कांग्रेस पोखरा उपमहानगर कार्यसमितिको सम्पन्न चुनावमा सभापति पदका प्रत्यासी बिमलबहादुर कार्कीले आफुलाई मत दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै आफुलाई मत दिने र नदिने सबै सुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका हुन् । उनले भनेका छन्,–“निर्वाचनमा म सभापति पदमा उमेदवार भै सम्मानजनक मत प्राप्त हुँदा हुँदैपनि केहि प्राविधीक पक्षको असावधानीका कारण उपविजेता बन्न पुगेपनि निर्वाचनलाई जित हारको रुपमा भन्दा पनि लोकतान्त्रीक मूल्य मान्यताको अभिन्न अंगका रुपमा लिई स–गौरव सम्मान गर्दछु ।”

आफु पराजित भएपनि उनले कांग्रेसको नगर तथा गाउँ र वडा अधिवेसनबाट विजयी सबैलाई बर्धासमेत दिएका छन् । आफु पार्टीको नीति,निर्देशनभित्र रहि सदैव कार्य गरीरहने प्रणसहित कार्कीले आफ्नो स्थानबाट पार्टी र पार्टीका विभिन्न तहको नेतृत्वमा रहने अनि नरहने सबैलाई आफ्नो सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button