पोखरा, २५ माघ –
नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चलको दुई बर्षे कार्यकालको लागि दिल्लीप्रसाद गौतम सर्वसम्वत रुपमा चयन गरीएको छ । अन्य पदाधिकारीहरुले अध्यक्षमा आकांक्षी नभए पछि प्रथम उपाध्यक्ष रहेका गौतम दुई वर्षे कार्यकाल सम्हाल्ने जिम्मेवार पाएका हुन । उनी बुद्ध टूर एण्ड ट्राभलका प्रबन्ध निर्देशक हुन् ।
त्यसै गरी कोषाध्यक्षमा पनि निर्वीरोध हरिराम अधिकारीलाई चयन गरीएको छ । प्रेम प्रसाद सुबेदीले उमेदवारीमा नाम दर्ता गरे पनि पछि नाम फिर्ता लिए पछि अधिकारी कोषाध्यक्षमा निर्वीरोध चयन भएका हुन । (नाट्टा) पश्चिमाञ्चलको २१ औं वार्षिक साधारणसभा सँगै निर्वाचन मंगलबार हुदैछ । नयाँ नेतृत्वका लागि प्यानलै सर्वसम्वत गराउने प्रयास भएपनि अन्ततः सफल नभएपछि केही पदका लागि मंगलबार निर्वाचन हुन लागेको हो ।
यता, अन्य पदमा भने निर्वाचन हुने भएको छ । प्रथम उपाध्यक्षमा हर्क बहादुर गुरुङ्ग र झबिलाल अधिकारी, द्धितिय उपाध्यक्षमा तुलसीराम पोखरेल र सञ्जयकान्त सिग्देल, महासचिवमा शुवास भण्डारी, कीर्तिबल्लभ त्रिपाठी र सरोज पौडेल, सचिवमा बिजय गुरुङ, ऋषिराम पौडेल, नवराज अधिकारी र नेत्रपाणी भण्डारी, सह–कोषाध्यक्षमा किशोर दाहाल र दिपेन्द्र ढकालले उमेदवारी दर्ता गराएका छन् । आफुहरुको प्रयास सर्वसम्वत गराउने प्रयास जारी रहेको नाट्टा पश्चिमाञ्चलका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । नाट्टामा आवद्ध १ सय ३९ वटा ट्राभल एण्ड टूर रहेको श्रेष्ठले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution