कास्की कांग्रेसको सभापतिमा केसी

पोखरा, २६ माघ –

पुराना र प्रभावशाली नेताहरुको गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा आएका नेता शुक्रराज शर्मालाई ४१ मतको झिनो अन्तरले पराजित गर्दै कृष्ण केसीले नेपाली कांग्रेस कास्कीको सभापतिमा निर्वाचित भएका छन । सोमबार भएको चुनावी प्रतिस्पर्धामा ३ सय ६९ मत केसी ल्याउदा केसीले भने ३ सय २८ मत प्राप्त गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शर्मालाई सांसद तथा पार्टी जिल्ला सभापति यज्ञबहादुर थापा, नेता महादेव गुरुङ, देउबा निकट प्रभावशाली नेता सोभियतबहादुर अधिकारी, केन्द्रीय सदस्य जीवन परियार, लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने र पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष प्रकाशमोहन खनाल लगायत प्रभावशालीले साथ दिएका थिए । यसअघि कास्की कांग्रेसमा १७ वर्ष सभापति भएका शर्मालाई पोखरामा अधिकांश पुराना नेताको साथ थियो तर पनि केसीको साथमा केवल पूर्वसभामुख तारानाथ भाट लगायतले साथ दिएका थिए । आइतबारसम्म आफ्नो प्यानलबाट शर्माले सचिवमा सुदीपमोहन भट्टराईलाई अघि सारेका थिए ।

तर, सोमबार एकाएक उनको सट्टा नेता देवराज चालिसेनिकट विष्णु पौडेललाई आफ्नो प्यानलका तर्फबाट सचिवमा उम्मेदवारी दिन लगाएर शुक्रराज शर्माले केसीलाई सबैतिरबाट एक्ल्याउने प्रयास गरेका थिए । सबैतिरबाट एक्ल्याएर केसीलाई टुहुरै बनाउन आँटिएको भन्दै ठूला नेताहरुसँग आक्रोशित कार्यकर्ताले केसीको समर्थनमा सोमबार दिउँसैदेखि नाराबाजी गरेका थिए । राति नजिता आउन थालेदेखि नै केसीले लिडिङ गर्न थालेपछि उनको पक्षमा हुटिङ सुरु भएको थियो । कार्यकर्ताहरुले ‘कृष्ण केसी हाइहाई, पुराना नेता बाइबाई’ भन्दै नाराबाजी गरे ।

कास्कीमा ७ सय १० प्रतिनिधि रहेकोमा सोमबारको चुनावमा ७ सय ३ जनाले मतदान गरेका थिए । जसमध्ये क्षेत्र नम्बर १ मा २ सय ५२ मध्ये २ सय ४७, २ मा १ सय २८ मा सबै, ३ मा १ सय १ मा सबै र ४ मा २ सय ३० मा २ सय २८ मत खसेको थियो । तीमध्ये सभापतिमा ६ मत बदर भएको थियो । सभापतिमा केसीसँगै सचिवमा पनि कास्की क्षेत्र नं १ का नेता आएका छन् । विद्यार्थी राजनीति गर्दादेखि नै लोकप्रिय बनेको युवा नेता सुदीपमोहन भट्टराईले पनि पुराना नेताहरुको साथबिना नै चुनाव जिते । भट्टराईले २ सय ३७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी विष्णु पौडेलले २ सय ३० प्राप्त गरे । अर्का प्रतिस्पर्धी दुर्गाप्रसाद तिमिल्सिनाको भागमा १ सय ९७ मतमात्रै परयो । कोषाध्यक्षमा यज्ञबहादुर थापानिकट बोधबहादुर कार्कीलाई पराजित गर्दै लक्ष्मी पाण्डे निर्वाचित भइन् । पाण्डेले ३ सय ४७ मत ल्याइन् भने कार्कीको भागमा ३ सय २४ मत परयो ।

को कहाँबाट सदस्यमा निर्वाचित-

क्षेत्र नम्बर १ बाट सदस्यमा
ओमप्रकाश गुरुङ १०३
नारायण कुमार श्रेष्ठ ९१
बिन्दुकुमारी भण्डारी ८७
देवेन्द्र रानाभाट ८४
रामबहादुर भण्डारी ८२
गौरी सापकोटा ८७
क्षेत्र नम्बर २ बाट सदस्यमा
उमेश पराजुली –४६
नविन सिग्देल – ५९
मदनबहादुर खत्री – ५५
मीनबहादुर गिरी –४८
हरि आचार्य –६७
अनिता तिमिल्सिना –५०

क्षेत्र नम्बर ३ बाट सदस्यमा
दामोदर अधिकारी – ४६
भीम गौतम – ५१
युवक लामिछाने –४६
रंगिला आचार्य –५६
रामराज लामिछाने –३६
नम्रता बराल –३४
क्षेत्र नम्बर ४ बाट सदस्यमा

अमर कार्की – ११२
कृष्णप्रसाद तिमिल्सिना ११२
भरतबहादुर अधिकारी– ११८
विष्णुबहादुर क्षेत्री – १३५
शंकर ढुंगाना – १२८
विजया चञ्चल रेग्मी– ९७ मत ल्याएर निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button