सिलोङ, २८ माघ –
नेपाली उसुलाई सर्वाधिक पदक दिलाएकी झरना गुरुङले १२ औं सागमा रजतमा रोकिएपछि खेलजीवन टुंग्याएको बताएकी छन् । ‘सागमा स्वर्ण जितेर करिअर टुंग्याउने योजना थियो,’ २८ वर्षीया उनले भनिन्, ‘तर, प्रशिक्षण सोचेजस्तो भएन । त्यसैले खेलाडी जीवनको अन्तिम प्रतियोगितामा रजत पाउँदा पनि खुसी नै छु ।’
क्योकुसिन कराँतेबाट आठ वर्षअघि उसुमा प्रवेश गरेकी पोखराकी उनले भनिन्, ‘पहिलो खेलमै बायाँ हातमा चोट लागेको थियो, चलाउन सक्ने अवस्थामै थिएन । सेमिफाइनलमा जोगिएर खेलें । फाइनलमा भाग्यले साथ दिएन ।’ सात वर्षअघि पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि उसुमा उचाइ लिएकी उनले थपिन्, ‘नेपाली उसुमा नयाँ पुस्ता राम्रो देखिएको छ । अब उनीहरूले अवसर पाउनुपर्छ । उनीहरूलाई अनुभवी बनाउनुपर्छ । अनि मात्र सागमा स्वर्णसहित अरू प्रतियोगितामा सफलता पाउन सकिन्छ । अब म यसैका लागि लाग्नेछु ।’
सन् २००९ मा बैंककमा भएको एसियाली मार्सल आर्ट्स गेम्समा कांस्य जित्दै उनले नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् । भियतनाममा २०१२ मा भएको आठौं एसियन उसु च्याम्पियनसिपमा पनि उनले कांस्य हात पारेकी थिइन् । त्यो कांस्य एसियाली उसुमा १८ वर्षपछि नेपालले पाएको पदक थियो । उनले ढाकामा भएको ११ औं साग २०१० मा पनि कांस्य जितेकी थिइन् । एसियाली खेलकुदसहित थुप्रै प्रतियोगितामा सहभागी उनी राष्ट्रिय प्रतियोगितामा ६ पल्ट च्याम्पियन भएको खबर इकान्तिपुरमा छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution