पोखरा, २८ माघ –
पोखरा सहित कास्कीमा शुक्रबार डिजल वितरण हुने भएको छ । कास्की क्षेत्रका ३५ ओटा पेट्रोल पम्पहरुबाट भोलि १ लाख ४४ हजार लिटर डिजल वितरण हुने भएको छ।
शुक्रबारको लागि डिजल वितरण हुने पम्प र स्थानहरु
तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ७ हजार ५ सय, लामा दुरीका ठुलो ट्रकलाई ७ हजार ५ सय , ग्रामिण रुटमा चल्ने बसलाई ३ हजार ५ सय , मिनि वसलाई ३ हजार , हायस माईक्रोलाई ३ हजार, नगरबस-वेगनास बसलाई ३ हजार ५ सय, मिनि, मझौला र लोकल ट्रकहरुलाई २ हजार ५ सय, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार , ठूलो ट्याक्टरहरुलाई १ हजार , साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ५ हजार ५ सय, पर्यटन साना सवारीहरुलाइ २ हजार, खुद्रा माल ढुवानी गाडीहरुलाई १ हजार ५ सयका दरले डिजेल उपलब्ध गराईनेछ ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution