विदेशी महिलाको भनिएको शव पोखराकै बैंककी कर्मचारी भएको पुष्टी

पोखरा , २९ माघ

केहि दिन अघि पोखरामा दुई जना महिलाको प्रकरणको घटना सेलाउन नपाउदै कास्कीको लेखनाथमा एक युवतीको शव भेटिनुले पोखरामा महिला हत्या प्रकरण रहस्यमय हुदै आएको छ । विदेशी महिलाको जस्तो देखिएको बेगनासतालमा भेटिएको शवको आज मात्र शनाखत भएको कास्की प्ररहीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सुन्दरीडाँडा भन्दा तल्लो क्षेत्र अलैचे पाखामा पर्ने बेगनास तालमा माघ २६ गते मृत अवस्थामा भेटिएको एक युवतीको शव फेवा विकास बैंकमा कार्यरत एक कर्मचारीको भएको पुष्टी भएको छ । बैंककी कर्मचारी समेत रहेकी कास्की लेखनाथ १ ढुंगेपाटनकी २९ बर्षीया खेम माया पुनको भएको कास्कीका डीएसपी सिद्धी बज्रचार्यले बताए ।

मृत अवस्थामा भेटिएकी पुन बैंकको ड्रेस लगाएको अवस्थामै भेटिएको खबरले आफुहरु निकै दुखित भएको मृतकका बाबु प्रेमबहादुर पुनले गुनासो गरे । उनले भने “मेरो छोरी माघ २४ गतेसम्म बैंकमा काम गर्न गएकी थिईन, त्यस पछि घर फर्किएकी थिइनन्, मेरो छोरीको टाउकोमा कुनै चोट छ, यस घटनाको सम्पुर्ण जिम्मेवारी बैंकले लिनु पर्छ । माघ २५ गते फोन गरेर माघ २६ गते घरमा आउछु बाबा भनेर फोन राखे पछि उनको मोबाईलमा कुनै सम्पर्क नभएपछि  खोजी निति गर्दै जादा आफ्नी छोरी जस्तै शव पश्चिमाञ्चलमा पुराएको खबर आएर  हेर्न जादा आफ्नी छोरी भएको बाबु प्रेमबहादुरले भावुक हुदै बताएका छन ।  ९९ प्रतिशत आफ्नी छोरीको हत्या भएको दाबी गरेका प्रेम बहादुरले सत्य तथ्य सार्वजनीक गरी हत्यारालाई कार्रबाही नगरेसम्म शव समेत नबुझ्ने चेतावनी दिएका छन ।

फेवा विकास बेैंक लेखनाथ १ पावर हाउसमा जुनियर असिष्टेन पदमा कार्यरत पुन माघ २५ गते पछि सम्पर्क बिहिन भएकोले बैंकका म्यानेजर अरुण सापकोटा हिजो (विहिबार) पुनको बारेमा सोधपुछ गर्न उनको घरमा पुगेका थिए । माघ २५ गतेसम्म बैंकमा गएकी पुन माघ २८ गतेसम्म सम्पर्क बिहिन हुदै काममा पनि नगए पछि के भयो भनेर पुनको घर पुगेको बैंकका म्यानेजर सापकोटाले बताए । केहि दिन अघि बैंकको बैंठकको क्रममा सबै कर्मचारीहरुलाई राम्रो काम गर्न आफुले सम्जाई बुझाएको सापकोटाले बताए । मृतकका बाबु पुनले भने बैंकका कर्मचारीको कारणले गर्दा पनि आफ्नी छोरीको हत्या हुन सक्ने आशंका व्यक्त गरेका छन ।

मंगोलियन अनुहार भएकी करीब बर्ष २८ को हुन सक्ने विदेशी महिला पर्यटकको आशंकामा उक्त पहिचानको लागि कास्की प्रहरीले पोखराका होटल तथा रेष्टुरेण्ट देखि विभिन्न पर्यटक आमगन हुने स्थानहरुमा समेत सोध पुछ गरेको थियो । नेहा हत्यामा एक जना पक्राउ गरेको प्रहरीले सरस्वती लिम्वु हत्या र खेममाया पुनको मृत्यु प्रकण टुंगो लगाउन गहिरो अध्ययन अनुसन्धान गर्नू पर्ने देखिन्छ । नेहा र खेम माया पुनको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताको शव गृहमा रहेको प्रहरी हवल्दार सुजन घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button