पोखरा, १ फागुन –
नेपाली नयाँ वर्षका अवसरमा हरेक वर्ष झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले फेवा नव वर्ष महोत्सव आयोजना गर्ने भएको छ ।
विनासकारी भूकम्प र नाकाबन्दीका वापजुत संघले महोत्सवलाई निरन्तरता दिन लागेको हो । महोत्सव आगामी चैत २८ देखि बैशाख २ गते सम्म फेवा किनारमा आयोजना हुने छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न समिति र उपसमितिहरुको गठन प्रक्रिया अगाडि बढेको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । कतिपय उप समितिहरुले आफ्नो काम थाली सकेको र समितिमा संघका अन्य सदस्य तथा पदाधिकारीलाई पनि जिम्मेवारी बाँडफाँड गर्दै अगाडि बढिने उनले सुनाए । कठिनपूर्ण अवस्थाबाट अहिले पर्यटन गुज्रेपनि पर्यटन, संस्कृति र खानालाई मुख्य केन्द्रमा राखी महोत्सव संचालन गरिने अध्यक्ष पराजुलीले स्पष्ट पारे ।
पोखरामा अंग्रेजी नयाँ वर्ष भव्य रुपमा मनाउने गरिएकोमा आफ्नै नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महोत्वका साथ मनाउँदै नेपाली संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले महोत्सव संचालन गर्न लागिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले जानकारी दिए । महत्वपूर्ण पर्यटकीय सम्पदा फेवा तालको संरक्षणमा चेतना फैलाउने अर्को उद्धेश्य पनि महोत्सवले लिएको छ । नेपाली परम्परा र भेषभूषाको संरक्षण साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समेत महोत्सवले बढी नै ध्यान दिने संयोजक तुलाचनले सुनाए।
महोत्सवलाई नयाँ र परिस्कृत रुपमा संचालन गर्न थप तयारी स्वरुप विशेष भेलाको समेत आयोजना गरिने संघले जनाएको छ । महोत्सवका अवसरमा नेपाली खाना, विदेशी खाना, संस्कृति, संगीत र पर्यटकीय प्रवद्र्धनका गतिविधिको प्रदर्शनी समेट्ने तयारी संघले गरेको छ । लेकसाइडमा महोत्सवका अवसरमा सडक महोत्सव समेत आयोजना गरिने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution