पोखरा, ६ फागुन –
टप्स उच्च मावि र माउण्ट अन्नपूर्ण उच्च मावि दोहोरो उपाधिको लागि भिड्ने भएका छन । पोखरा रंगशालामा जारी १३ औं संस्करणको कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्र-छात्रा बास्केटबल प्रतियोगिताको छात्र तथा छात्रा तर्फको फाईनल खेलमा उपाधिको लागि भोलि शुक्रबार भिड्ने भएका हुन ।
विहिबार छात्रतर्फ भएको पहिलो सेमिफाईनल खेलमा टप्स उच्च माविले लिटिल स्टेप उच्च माविलाई ५२–३७ को स्कोरले पन्छाउदै फाईनलमा यात्रा बनायो । टप्सको जितमा कजन गुरुङले १७ स्कोरको योगदान दिए । दोश्रो सेमिफाईनल खेलमा माउण्ट अन्नपूर्णले डाईमण्ड उच्च माविलाई ४६–२० को स्कोरले पन्छाउदै फाईनलमा यात्रा तय गरेको हो । माउण्ट अन्नपूर्णको जितमा महेन्द्र पुुनले १६ स्कोरको योगदान दिए ।
त्यसै गरी छात्रा तर्फ भएको पहिलो सेमिफाईनल खेलमा डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्णले ग्लोवल कलिजियट उच्च माविलाई १९–१६ को स्कोरले पराजित गर्दै फाईनलमा यात्रा तय गरेको हो । माउण्ट अन्नपूर्णको जितमा मनिसा पुनले ७ स्कोरको योगदान दिईन । अर्को खेलमा टप्सले लिटिल स्टेप उच्च माविलाई २०–५ को फराकिलो स्कोरको अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । टप्सको जितमा ममता थकालले १२ स्कोर गरेकी हुन । उक्त प्रतियोगिताको शुक्रबार विहान तेश्रो स्थानको लागि र दिउसो फाईनल खेलसंगै प्रतियोगिता समापन हुने भएको संघका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution