लेखनाथ महोत्सवको तेस्रो दिन दर्शकको ओइरोे

  • पोखरा न्यूज
  • २०७२ फागुन ७
लेखनाथ महोत्सवको तेस्रो दिन दर्शकको ओइरोे

लेखनाथ, ०७ फागुन –

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुलनाराका साथ कास्कीको लेखनाथमा जारी १२ औं लेखनाथमा महोत्सवमा शुक्रबार दर्शकको ओइरोे लागेको छ । प्रजातन्त्र दिवशको दिन सार्वजनिक विदा भएकाले दर्शकको उल्लेख्य चाप रहेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

महोत्सवमा शुक्रबार कास्कीको लेखनाथ र पोखरा सहित छिमेकी गाविस तनहुँ तथा स्याङजा एवं लम्जुङका पश्चिमि भेगका दर्शकहरुको चाप बढी रहेको संयोजक अधिकारीले जानकारी दिए । महोत्सवको तेश्रो दिन मात्र करिव २५ हजार दर्शकले अवलोकन गरेको तथा एक करोड ५० लाखको कारोबार भएको महासचिव छत्रधर आत्रेयले जानककारी दिए । प्राय सवै प्रकारका स्टलमा राम्रो कारोबार भएको छ, महासचिव आत्रेयले भने—‘स्टलवाला सवै खुशी देखिनुहुन्छ।’

festival 2

आयोजकले दर्शकका लागि महोत्सवमा घरायसी सामाग्री देखी अटो, हस्तकला देखी कृषि, खाद्यान्न देखी लत्ता कपडा एकै ठाउँबाट पाईने व्यवस्था मिलाएका छन् । यसैगरी सूचना प्रविधि, वित्तिय संस्थाका जानकारी मुलक स्टलहरु समेत राखेका छन् । दर्शकको मनोेरन्जनका लागि दैनिक जसो लोकदोहोरी, पप गायन र हाँस्यव्यङ्गका ख्यातीप्राप्त कलाकारहरु महोत्सवमा उतारेका छन् ।

festival 3

शुक्रबार लोकदोहोरी गायक प्रजापति पराजुली, राजु गुरुङ्ग, राजन कार्की, आयुष परियार, ज्योति लोहनी, शुशिला वि.क ले स्टेज तताएका थिए । भने युवापुस्तालाई हिमाल सागर, कालिप्रसाद बास्कोटाले नचाएका थिए । भने महादेव त्रिपाठीले व्यङ्गय कसेका थिए ।

festival 4

महोत्सवकोे अर्को आकर्षण विद्यालय स्तरिय चाइल्ड ट्यालेन्ट सो मा गायन तर्फ युनिभर्स बोडिङ्ग स्कुलका कृष्ण पौडेल, गोगन उच्च मा.विका रन्जित वि.क र जनप्रकाश उच्च माविका कविता आचार्य मध्ये गोगनका रन्जित वि.क अर्को चरणका लागि छनोैट भएका छन् ।यसैगरी नृत्य तर्फ सिद्धिविनायक वोडिङ्ग स्कुलका बर्षा रानभाट, युनिभर्स वोडिङ्ग स्कुलका पार्वती थापा र कृतिका वोहरा मध्ये सिद्धिविनायककी बर्षा रानाभाट अर्को चरणका लागि छनौट भएका छन् ।

गण्डकी तारामा दोश्रो चरणका लागि २७ जना छनौट

महोत्सवको प्रमुख आकर्षण लुकेको प्रतिभाको खोजी गण्डकी ताराको अडिसन शुक्रबार सम्पन्न भएको छ । अडिसनबाट २७ जना छनौट भएका छन् । दोश्रो चरणका लागि छनौट हुनेमा वादल आले, महेन्द्र थापा, सोनु कुमार वि.क, सुवास गुरुङ्ग, राम विलास राई, प्रशान्त तामाङ्ग, कञ्चन राई, रोहित गुरुङ्ग, अदिति शर्मा, ममता गुरुङ्ग, राम घर्तिमारे रहेका छन् ।

यसैैगरी सुनिल गुरुङ्ग, ओम काजी थापा, अनिल वि.क, राजिव परियार, नरेश राई, सरिता पौडेल, प्रकाश तामाङ्ग, सुरज गुरुङ्ग, एम डि काफ्ले, कविता आचार्य, कुशल पोख्रेल, दिया सुनार, सुनिल थापा, राजेश लामा, जित वहादुर गुरुङ्ग र बलसिंग पुन रहेको गण्डकी तारा उपसमितिका संयोजक भक्तवहादुर के.सीले जानकारी दिए । दोश्रो चरणका लागि छनौट भएकाहरुले फागुन ८ गते विहान महोत्सव स्थलमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । गण्डकी ताराका विजेतालाई ५० हजार रुपैया पुरस्कारको व्यवस्था रहेको छ ।

महोत्सवमा शनिवार पनि ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस