पोखरामा शुक्रबारदेखि पेप्सी मःम मेला सुरु

पोखरा, ७ फागुन-

पोखरामा शुक्रबारदेखि पेप्सी मःम मेला शुरु भएको छ। आर इभेण्ट ट्रेनर नेपालले फेण्डसिप युथ क्लव र आईएफसी फेसन कलेजको सहकार्यमा मेला आयोजना गरेको हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको मेला आइतबारसम्म चल्ने छ। मेलामा मःम पारखीहरुले २५ प्रकारका मःमको स्वाद चाख्न पाउँने छन्।नेपाली समाजमा प्रमुख खाजाका रुपमा मःम स्थापित भईरहेका बेला मःम मेलालाई दर्शकले निकै रुचाउँने आर इभेण्टका अध्यक्ष एवं कार्यक्रम संयोजक रवीन गुरुङको विश्वास छ।

मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट र डिजे सेसन आकर्षणका रुपमा रहने छन्। यसपटक मेलामा फेसन वीक समेत गरिएको छ। मेलामा २० स्टल मःमका मात्र रहेका छन्। मेलामा तिब्बत र दार्जिलिङबाट समेत मःमका स्टल ल्याइएको छ। मःम बाहेक अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायीक प्रायोजनका छन्।

शुक्रबार तीन जना सडक बालक राजिन परियार, सुभाष नेपाली र सुभाष बुढाथोकीले मःम खाएर मेलाको उद्घाटन गरेका थिए। कार्यक्रममा एनेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, नेकपा एमाले कास्कीका सचिवालय सदस्य लक्ष्मीप्रसाद अधिकारी र पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव प्रकाशदेव पालिखेले बोलेका थिए।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मीहरु गोविन्द थापा सिंजाली र रेनु थापाले संयुक्त रुपमा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button