पोखरा–दमौली कर्मचारी समाजको सातौ साधारण सभा पोखरामा सम्पन्न

पोखरा, ८ फागुन –

पोखरा–दमौली कर्मचारी समाजको सातौ साधारण सभा पोखरामा सम्पन्न भएको छ । श्रृङ्गा बस व्यवसायी समितिका उपाध्यक्ष हेमन्त मल्लको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा बोल्दै उनले कर्मचारीहरुलाई बस सेवा दिन पाउँदा आफुलाई खुशि लागेको बताए । बस सेवा मात्र नभई कर्मचारी समाजले गर्ने जुनसुकै कार्यमा आफ्नो सहयोग रहने स्पष्ट पारे । ‘कर्मचारी समाजले गर्ने जुनसुकै कार्यमा मेरो सहयोग रहनेछ ।’ उनले भने । कर्मचारीले अन्यत्र यात्रा गुर्नपरे पनि विशेष सुविधा र छुट दिने उनको भनाइ छ । ‘पोखरा–दमौली मात्र नभई अन्य ठाउँमा यात्रा गर्नुपर्ने भएपनि समाजका कर्मचारीलाई विशेष सुविधा र छुट उपलब्ध गराउनेछुँ ।’

Hot Air Balloon Booking
Paragliding Pokhara

पोखरा दमौली कर्मचारी समाजका अध्यक्ष गोकुल शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका उपाध्यक्ष विश्वनाथ पौडेल, संस्थापक अध्यक्ष लोकनाथ ढकाल, संस्थापक सल्लाहकार पवित्रबहादुर केसी, सल्लाहकार नारायण प्रसाद अधिकारी, सचिव रमेश सुवेदी, सदस्य जगन्नाथ आचार्य लगायतले समाजले सञ्चालन गरेको बस सेवाले दैनिक रुपमा पोखराबाट दमौलीसम्म आवातजावत गरी कार्य सम्पन्न गर्न कर्मचारीलाई सहजता मिलेको बताए । वि.स.२०५० सालमा साझा यातायातबाट पोखरा दमौली यात्रा गर्दै दैनिक कार्यालय पुग्ने गरेका कर्मचारीले २०५२ सालदेखि अघोषीत समिति मार्फत यात्रालाई सहज बनाउदै २०६६ मा विधिवत रुपमा कर्मचारी समाजको स्थापना गरिएको थियो । समाजको सातौ साधारण सभा सँगै वनभोज कार्यक्रम पोखराको शान्तिवन वाटिकामा सम्पन्न गरिएको उपाध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिएका छन् ।

समाजमा हाल १ सय २० जना सदस्य र ४३ जना आजिवन सदस्य रहेको उनले बताए । समाजको समन्वयमा सञ्चालनमा रहेको कर्मचारी बसको कारण दैनिक रुपमा पोखराबाट दमौली पुगी काम गरी पोखरा फर्कन कर्मचारीलाई सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button