लेखनाथ महोत्सवको पाँचौ दिन १ करोडको कारोबार

लेखनाथ, ०९ फागुन – 

कास्की लेखनाथको भण्डारढिक स्थित प्रस्तावित रंगशालामा आयोजित १२ औं लेखनाथ महोत्सवको पाँचौ दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् । साथै महोत्वमा अटो सहित १ करोड रुपैयाको कारोबार भएको लेखनाथ उद्योग बाणिज्य संघका महासचिव छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवमा आइतबार केही समय लेखनाथको डाँडाको नाकमा सडक अवरुद्ध हुँदा दर्शकको कमि आएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । लेखनाथ १२ की खिममाया पुनको दुई साता अघि बेगनासतालमा हत्या भएको भन्दै आफन्तले दोषिलाई कारवाही गर्न माग गर्दै डाँडाको नाक प्रहरी चौकी अगाडी झण्डै ५ घण्टा सडक अवरुद्ध पारेका थिए । सडक अवरुद्ध हुँदा महोत्सव समेत प्रभावित भएको थियो ।

आइतबार पनि दर्शकहरु गित संगितमा झुमेका थिए । दर्शकहरुलाई खुमन अधिकारी, प्रिति आले, कमल खत्री, सरिता प्रजापति, जीबन दाहाल, कुलेन्द्र वि.क लगायतले मनोरन्जन दिएका थिए ।

सोमबार खुमन अधिकारी, जय कुमार परियार, प्रदिप त्रिपाठी, रमिला न्यौपाने, अनिता चलाने र लक्ष्मी नेपालीले लोक दोहोरी तर्फ मनोरन्जन दिनेछन् भने पपमा शहिमा श्रेष्ठ, कृष्ण काफ्ले र एन्जिला रेग्मी र हाँस्य व्यङ्गमा एस जोडीले मनोरन्जन दिनेछन् । भने साथमा चाइल्ड ट्यालेन्ट सो, गण्डकी तारा र बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले समेत दर्शकलाई तताउनेछन् ।

महोत्सवमा हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरुका स्टल राखिएका छन् । यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुराका प्रदर्शनी गरेर ३ सय भन्दा बढी स्टल रहेका छन् ।

महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको रहेको छ भने लेखनाथ नगरपालिका कार्यालय, नेपाल सरकार, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम र पशु उत्पादन निर्देशनालयको सह(आयोजना रहेको छ । महोत्सवलाई रुपाकोट रिर्सोट प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ ।

महोत्सवमा १५ देखी २० करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् । तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button