नेपाल रेडक्रस सोसाइटी पुरुञ्चौर उपशाखाको १२ औं साधारणसभा सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ फागुन १०
Post Thumbnail

पोखरा, १० फागुन –

नेपाल रेडक्रस सोसाइटी पुरुञ्चौर उपशाखाको १२ औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री कृष्ण तिमील्सिनाले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै तिमिल्सिनाले रेडक्रसले शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो ।

उपशाखाका सभापति दण्डपाणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखाका संस्थापक सभापति तेज बहादुर अधिकारी, पूर्व सभापति गोविन्द प्रसाद काफ्ले, आजिवन सदस्य सोमराज पौडेल, नेपाली काङ्ग्रेसका प्रतिनिधी दुर्गादत्त बास्तोला, नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य प्रकाश पौडेल लगायतले रेडक्रसबारे बोल्नुभएको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन सचिव भरतराज आचार्य र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला पौडेलले प्रस्तुत गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस