मनकामना केबुलकार पोखरा कप चैत्र ८ गते देखि हुने

  • पोखरा न्यूज
  • २०७२ फागुन ११
Post Thumbnail

पोखरा, ११ फागुन –

पर्यटन र खेलकुदको शहर पोखरामा आउदो चैत्र महिनाको ८ गते देखि मनकामना केबुलकार पोखरा कप अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ ।

प्राविधिक कारणले गर्दा केहि समय अघि हुनु पर्ने उक्त प्रतियोगिता अखिल नेपाल फुटबल संघले समय तालिका दिएको कारणले गर्दा आफुहरुले चैत्र महिनाको ८ देखि २० गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता गर्न लागिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछानेले बताए । उनले भने “हामीले यस बर्षको पाँचौं संस्करणको पोखरा कप तथा मनकामना केवलकारद्वारा प्रायोजित दोश्रो संस्करणको मनकामना केबुलकार कपको तयारी समेत सुरु गर्दै छौं ।” प्रतियोगितामा विदेशी टिम सहित नेपालका विभागीय तथा एडिभिजनका क्लवहरुको गरी १२ टिमको सहभागिता रहने अखिल नेपाल फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले बताए ।

विजेता टोलीलाइ उपाधि सहित ३ लाख ५५ हजार उपविजेतालाई २ लाख एक हजार साथमा ट्रफी मेडल प्रमाण–पत्र वितरण गरीने भएको छ । गत बर्षको विजेता नेपाल पुलिस क्लव हो । प्रतियोगिताका मुख्य प्रायोजक मनकामना केवलकार दर्शन प्रालिले उक्त प्रतियोगिताको लागि बार्षिक १० लाख रुपैया प्रायोजन गर्दै आएको छ । मनकामना केबलकार पोखरा कप अन्र्तराष्ट्रिय स्तरको फुटवल प्रतियोगिता–२०७१ बाट ५९ लाख करीब ७० हजार ९ सय ५० रुपैयाँ आम्दानी भएको एन्फा कास्कीले जनाएको थियो । गत पुष २२ देखि माघ ३ गतेसम्म पोखरा रंगशालामा संचालन भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस