पोखरा, ११ फागुन –
पोखरामा जारी दीपेश मेमोरियल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा आदर्श युथ क्लब, संयुक्त युवा परिवार, स्वस्तिक नेपाल र दीपेश मेमोरियल ए सेमीफाइनलमा प्रवेश गरेका छन् ।
बैदाम युवा क्लबको आयोजनामा बाराहीघाट खेल मैदानमा मंगलबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा आदर्श युथले आयोजक दीपेश मेमोरियल बी टिमलाई टाइबे्रकरमा पराजित गरी अन्तिम ४ मा पुग्न सफल भएको । निर्धारित ४० मिनेटको खेल गोलरहीत बराबरी भएपछि टाइब्रेकरमा नतिजामा आदर्शले ३–२ को गोलअन्तर निकालेको प्रतियोगिता संयोजक विकास थापाले बताए ।
दोस्रो खेलमा बाँझापाटनको बी थर्टिनको चुनौती २–१ ले समाप्त पार्दै संयुक्त युवा परिवारले विजयी भयो । संयुक्तको जीतमा विकास गुरुङ र रमेश थापाले गोल गरे । खेलमा बी थर्टिनका लागि सुशील रानाले गोल गर्दै अग्रता लिएपछि अन्ततः संयुक्तले नतिजा उल्टाउँदै पहिलो सेमीफाइनलमा आदर्शसँग भेट सुनिश्चित गरेको हो ।
तेस्रो क्वाटरफाइनलमा चिनकाजी गुरुङले एकमात्र निर्णायक गोल मद्दतले स्वस्तिक नेपालले पुन क्लब लेकसाइडलाई हरायो । खेलको ३५ मिनेटमा पुन क्लबका किपर निकेश श्रेष्ठले फल गरेको भन्दै रेफ्री सुशील केसीले रेडकार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
चौथो खेलमा आयोजक दीपेश मेमोरियल ए टिमले लालीगुराँस एकता एफसीलाई ३–२ गोलअन्तरले पराजित गरयो । आयोजकको जीतमा बिमल बस्नेत, प्रदीप गुरुङले गोल गरे भने लालीगुराँसका दीपेश गुरुङले आत्मघाती गोल गरे । उसका लागि गणेश थापा एक्लैले २ गोल गरेका थिए । सेमीफाइनल बुधबार दिउँसो २ बजेदेखि सुरु हुनेछ । बिहीबार सकिने खेलमा विजेताले १ लाख पुरस्कार पाउनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution