कास्कीको नामार्जुङको ताङतिङमा राप्रपा नेपालको भेला सम्पन्न

नामार्जुङ ताङतिङ, १५ फागुन –

राप्रपा नेपाल कास्कीले मंगलबार कास्की जिल्लाको क्षेत्र नं. १ अन्तर्गत नमार्जुङ गाविसको ताङतिङमा भेला सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलुले राज संस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपा नेपाल सँधै लडिरहने बताउनुभयो । उहाँले राष्ट्रियता संकटमा पर्दै गएको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रियता तथा हिन्दु धर्म बचाउनको लागि राप्रपा नेपाल तपाइहरुको साथमा सधैं रहने र तपाईहरुको साथ लिएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल पुनले पुर्खादेखि हामीले मान्दै आएको कुल धर्मको रक्षार्थ सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने, तराईका समथर भुभागलाई अलग राज्य बनाउन नदिने बताउँदै हिमाल, पहाड र तराई एकीकृत नेपाल निर्माण, विदेशी नागरिकलाई वितरण गरिएकोले उक्त खारेजीको लागि राप्रपा नेपाल सधैं लागिपर्ने बताउनुभयो । उहाँले खानेपानीको मुहान नथपि धारा मात्र बाँड्नु जनतालाई सपना देखाउनु मात्रै भएको बताउँदै मुहान थपि धारा बाँड्न राप्रपा नेपाल लडिरहने बताउनुभयो ।

ध्रुव गुरुङ्गको संयोजकत्वमा टोली नामार्जुङको ताङतिङ पुगेको हो । कार्यक्रममा एक्काजंग गुरुङ्गको अध्यक्षतामा २१ गाउँ इकाई कमिटी गठन गरिएको छ ।

उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्ने विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथि तथा जिल्ला अध्यक्षले खादा तथा अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रमको संचालन ताङतिङका गाउँ उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ्गले संचालन गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत शनिवार पर्वतको मल्लाज गाउँमा भेला गरिने युवा नेता ध्रुव गुरुङ्गले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलु प्रमुख वक्ता तथा राप्रपा नेपाल कास्कीका जिल्ला अध्यक्ष जयलाल पुन लगायतको उपस्थिति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button